Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भट्टराई पक्षको संगठनात्मक शक्ति प्रर्दशन

\"baburam_bhaktapur९ साउन, काठमाडौं, केही हप्ता अघि राजधानी काठमाडौंको बानेश्वर पार्टी प्यालेसमा आफ्नो समूहको आन्तरिक प्रशिक्षण चलाएका एमाओवादी नेता बाबुराम भट्टराईले संस्थापन पक्षलाई स्पष्ट संदेश दिने गरी भक्तपुरमा संगठनात्मक शक्ति प्रदर्शन गरेका छन् । भक्तपुरको सुर्यविनायक पार्टी भ्यानुमा अखिल नेपाल ट्रेड यूनियन महासंघको आयोजनामा बोलाइएको भट्टराई समूहको आन्तरिक प्रशिक्षण संस्थापन पक्षलाई स्पष्ट संदेश दिन तथा पार्टीलाई नयाँ ढंगको बनाउँदै अन्य बामपन्थी समूहहरुसँग एकताका लागि पहल गर्न तथा सोही विषयमा आफ्ना समूहका नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्न प्रशिक्षण राखिएको आयोजकले खबरडबलीलाई बताएको छ । काठमाडौं, भक्तपुर ललिलपुर तथा काभ्रेबाट बोलिएका १३ सय नेता तथा कार्यकर्ताहरुको बीचमा भट्टराईले पार्टीलाई नयाँ बनाउने अथवा जसको विचार उसको नेतृत्व हुने गरी अगाडि बढ्नु पर्ने बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रशिक्षणमा सहभागि एक नेताले बताए । अहिले नै आफ्ना गुटका नेता÷कार्यकर्तालाई मात्र प्रशिक्षण किन ? भन्ने प्रश्नमा ती नेताले भने– ‘पार्टी अहिले जस्तो परिस्थितिबाट गुज्रदै छ यसले नेता तथा कार्यकर्ताहरुमा निराशा थपेको छ । यसबीच हामीले पार्टीलाई नयाँ ढँगको पार्टी बनाउन सकेनौं भने पार्टी भंग हुने अवस्था रहन्छ त्यसैले हामीले यो पार्टीको पुनर्जिवनका लागि आयोजना गरेको हो ।’ केही समय अघिदेखि भट्टराईले आफुलाई पार्टीको भावि नेतृत्वको रुपमा उभ्याउँदै आई रहे पनि पार्टीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट दोस्रो तहका नेताहरुले भट्टराईलाई पार्टी अध्यक्ष मान्न नसकिने बताएपछि भट्टराईले नयाँ पार्टी नै बनाउनु पर्ने भए पनि पछि नपर्ने भनेर आफ्नो समूहको आन्तरिक प्रशिक्षण चलाउँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending