Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नेप्सेमा चालीस अङ्कको वृद्धि

\"nepse\"९ साउन, काठमाडौँ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४०.११ अङ्कले उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको मौद्रिक नीतिले पुँजी बजारमा सकारात्मक प्रभाव परेकाले नेप्से अन्तिम दिन १००३.३८ विन्दुमा पुगेको हो ।

गत साताको नेप्से पहिलो दिनको तुलनामा १६.२७ अङ्कले बढेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीको पाँच हजार ९१२ कारोबारबाट रु ९३ करोड २३ लाख ९६ हजार बराबरका १९ लाख २० हजार चार सय २० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा २९.५४ प्रतिशत कम हो । गत साता १७२ कम्पनीको कारोबार भएको थियो ।

जसअनुसार सात हजार ४४३ कारोबारबाट रु एक अर्ब ३२ करोड ४१ लाख ८३ हजार बराबरका ३४ लाख ९२ हजार एक सय ५० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता वाणिज्य बैंक समूहको परिसूचकमा ५७.२८, विकास बैंक समूहको परिसूचकमा २५.३९, वित्त समूहको परिसूचकमा ६.०१, होटल समूहको परिसूचकमा १२.३९ अङ्कले वृद्धि भएको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीका परिसूचकमा ६.०१, बिमा समूहको परिसूचकमा ७१.१२, उत्पादन समूहको परिसूचकमा ६.५२ र अन्य समूहको परिसूचकमा ५.३७ अङ्कले वृद्धि भएको थियो । तर व्यापार समूहको परिसूचकमा भने कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ९.३४ अङ्कले बढेर २१४.२४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा नविल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल अग्रस्थानमा छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि दुई दिनमात्र खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रका कुनै पनि कारोबार भएनन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending