Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बाबुराम भट्टराईले प्रस्ताव गरेको कार्यकारी प्रणालीबारे कसले के भने ?

\"baburam९ साउन, काठमाडौं । एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले कार्यकारी प्रणालीको विषयमा शनिबार विभिन्न क्षेत्रका विज्ञ तथा अगुवाहरुसँग छलफल गरे ।  छलफलको क्रममा अधिकांशले कार्यकारी शासन प्रणाली उपयुक्त हुने सुझाव दिए ।  यस्तो छ उनीहरुले भट्टराईलाई दिएको सुझाव । व्यक्तिगत रुपमा म  प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा: योगेश भट्टराई व्यक्तिगत रुपमा भन्नुपर्दा म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीकै पक्षमा छु । १६ बुँदेसहमतिको आधारमा संविधानको पहिलो मस्यौदा सार्वजनिक भएको हो । जनताले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा मत दिएका छन् । अव जनताबाट आएको सुझावलाई समेटर संविधान जारी गर्न त्यो १६ बुँदेले रोक्दैन । संशोधन गर्न सकिन्छ । जनमतलाई हामीले सम्मान गर्नुपर्छ । व्यक्तिगत रुपमा म पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा छु । सेरेमोनियल राष्ट्रपति किन चाहियो ?: लोकराज वराल, प्रध्यापक हामीलाई थाहा छ,  राजनीतिक स्थायित्वका लागि धेरै कुराहरु आवश्यक पर्छन् । त्यसैले प्रणाली मात्रै परिवर्तन गर्दैमा केहि हुने होईन । व्यक्तिको प्रवृतिमा पनि भर पर्ने हुन्छ । तर, फेल भैसकेको प्रणालीलाई विस्थापित गरी नयाँ प्रणालीको रुपमा प्रत्यक्ष चुनिने कार्यकारीको व्यवस्था गर्नु राम्रो हो ।  प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा गयौं भने सेरेमोनियल राष्ट्रपनि किन चाहियो । हाम्रो अहिलेको अवस्थामा सेरेमोनियल राष्ट्रपति चुपो लागेर बस्न सक्दैन । कुनै न कुनै रुपमा सक्रिय भएको उदाहरण छ । कस्तो शासन प्रणाली अपनाउने भन्ने भन्दा पनि शासकको मनोवृत्ती कस्तो छ त्यसमा निर्भर रहन्छ जनतावाट प्रत्यक्ष चुनिने कार्यकारीको माथी अरु कुनै अप्रत्यक्ष रुपमा चुनिने संस्थाको व्यवस्था गर्नु झन खतरनाक हुन्छ  । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने अवस्थामा सेरेमोनियल राष्ट्रपतिको अवश्यकता छैन । होइन भने प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली नै उचित हुन्छ ।। भोजराज पोखरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त मेरो पहिल्यैदेखिको बुझाई र मान्यता संसदीय व्यवस्था वाहेक अरु कुनै पनि व्यवस्था राम्रो होईन भन्ने थियो । ४७ सालको राजनीतिक परिवर्तनपछिका अभ्यासले त्यो होईन रहेछ भन्नेमा पुगेको छु । हाम्रो प्राथमिकता व्यवस्थामा होईन, जनतामा हो । त्यसैले जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनुपर्छ भन्दा अर्को जंगवहादुर निस्कने हो कि भन्ने विषयलाई पनि सम्वोधन गरेर यो व्यवस्था कायम गरिनु पर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाँदा हामीले विभिन्न सिमाहरु कायम गर्नुपर्छ । राष्ट्रपति जंगबहादुर बन्छ भने किन नदिने ? ःचन्द्र भण्डारी , नेता नेपाली काग्रेस संविधान सुझावको क्रममा जनताले कार्यकारी प्रमुख मात्रै होईन माथीदेखि तलसम्म प्रत्यक्ष भोट हालेर चुन्ने अधिकार देउ माग गरेका छन् । म जनताको मागको पक्षमा छु ।  यहाँ राष्ट्रपतिय प्रणालीमा जाँदा जंगबहादुर जन्मन्छकी भन्ने कुरा आयो तर राष्ट्रपतिको चुनाव गर्दा जंगवहादुर जन्मन्छ भने जन्मन दिनु पर्छ । त्यसले केहि फरक पार्दैन । नेपाली जनताले हिजो राजा हटाउन सक्षम बने भोली कुनै निरंकुशतासँग् डराउनुपर्ने आवश्यकता छैन । प्रत्यक्ष निर्वाचित कार्यकारी ५ वर्षसम्म चाहियो ः रामेश्वर खनाल, पूर्व अर्थसचिव हामीलाई स्थिर सरकार चाहिएको छ । त्यो सरकारले विकासको लागि हो । यसको लागि प्रत्यक्ष कार्यकारी प्रमुख भयो भने कम्तिमा ५ वर्ष स्थायी सरकार हुन्छ र यसले देशको आर्थिक विकासमा सघाउ पु¥याउँछ । ४६ साल पछि काम गर्न नसकेको अहिलेको प्रणालीलाई फेरी पनि निरन्तरता दियौं भने हामी फेरि गलत हुन्छौं । आधार तयार पारेर प्रत्यक्ष निर्वाचित प्रणाली ः महेन्द्र विष्ट, अध्यक्ष नेपाल पत्रकार महासंघ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको विषयमा जनताबाट निकै उत्साही सुझाव आएका छन्  । दलका नेताहरुले जनताको सुझावको आधारमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख राख्नु उपयुक्त हुन्छ । । प्रत्यक्ष निर्वाचित कार्यकारीको लागि पहिले आधार तयार गरिनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्त अनुसार यसबाठ हुने खतरालाई समेत ध्यानमा राखेर संबैधानिक व्यवस्थाका आधारमा प्रत्यक्ष निर्वाचित प्रणाली निकै उपयुक्त हुन्छ । नीजि क्षेत्रका लागि उपयुक्त प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली : पशुपति मुरारका , अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ हामी नीजि क्षेत्रका लागि प्रत्यक्ष निर्वाचन प्रणाली निकै उपयुक्त हो । विकासका लागि स्थिर सरकारको आवश्यक्ता छ । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै हुनुपर्छ । लामो समयदेखिको राजनीतिक अस्थिरताका कारण देशको आर्थिक क्षेत्र तहसनहस भएको छ । त्यसैले अव प्रणाली कुन ल्याउने भन्ने भन्दा पनि कुबवाट स्थिरता हुन्छ भन्नेमा हाम्रो ध्यान हुनुपर्छ । नीजि क्षेत्रको हितको लागि पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त विकल्प हो । जुवा खेलेर भएपनि कार्यकारी प्रणालीमा जाऔं ः हमाल लोकतन्त्र सुनिश्चित होस् । स्थिर सरकार यतिबेला आवश्यक छ, जसले राष्ट्रलाई निकास दिन सकोस् । विगतको आन्दोलनले स्थिर सरकार खोजीरहेको छ । नेपाली जनता पटकपटक निराश हुनुपरेको छ ।  म आफू पनि जनता नै हो ।  हामीले जुन स्थिरता र राष्ट्रको निकाश खोजीरहेका छौं । तर राजनीतिक दल र नेताबाट त्यसको विपरित पाएका छौं ।  विगतका अनुभव हामीले बटुल्ने हो भने, सत्ता मोह, व्यक्तिगत स्वार्थ, दलीय स्वार्थलाई नै नेताहरुले प्राथामिकतामा राखेको देखिन्छ  ।  राष्ट्र र जनता प्रतिको भावना निकै कम छ । त्यही भएर पनि होला सायद नेपाली जनता हामीले अभ्यास गरिरहेको प्रणालीमा नै केही त्रुटी छ की भन्ने निर्णयमा पुगेको होला ।  यो होइनको यसको विकल्प धेरै राम्रो हो ।  सायद अर्को प्रणालीले राष्ट्रलाई निकाश दिन्छकी । त्यो  कसीमको अपेक्षा जनताले गरेका छन् । लोकतान्त्रि प्रणालीमा अर्को अप्सनको रुपमा कार्यकारी प्रणालीलाई हेरिएको हो । यत्तिका वर्ष हामीले अहिलेको प्रणाली अपनाइसकेका छौं ।  यो प्रणाली फेलियर अनुभव गरिसकेपछि, अर्को अप्सनलाई किन युटिलाईज नगर्ने भनेरै यो आवाज उठीरहेको होला । यो प्रणालीबाट नि राष्ट्रले निकास पाइहाल्छ भन्ने पक्षमा हामी जनता छैनौं । हामीले यसलाई रिस्क मोलेरै उठाएका हौं ।  किनकी लोकतन्त्रमा जनताले कुनै पनि कदम उठाउनुभनेको उसले रिस्क मोलेरै, जुवा खेलेरै गरेको हुन्छ ।  सायद यसले गर्दा उपयुक्त विकल्प खोजेका हुन्की । एउटा उदाहरणको लागि नेपालमा कुनै पेट दुखेको विरामी डाक्टरकोमा गयो भने , डाक्टरले ‘तपाईं भात नखानुस्, २ चार दिन रोटी खानुस्’ भन्छरे । ईन्डियामा त्यहि विरामी डक्टरकोमा गयो भने, ‘तपाईं रोटी नखानुस् भात खानुस् भन्छ रे ।’ त्यसकारण अर्को अप्सन जुन हामीमा छ त्यसलाई रिस्क मोलेरै ट्राई गरौं ।  कार्यकारी प्रणालीका अफ्ठ्यारा नभएका होइनन् ।  जुन रिस्क हामीले बोकेका छौं । त्यो वास्तविकतामा परिणत हुन सक्दैन भन्ने होइन ।  मेरो छनौट कार्यकारी प्रणालीमा हुनुको कारण संसदीय व्यवस्था खराब हो भनेर होइन ।  आम नेपाली जनता सरह मैले पनि रिस्क मोलेरै,  जुला खेलेरै सायद नेपाल र नेपाली जनताको लागि यसले फाइदा देलाकी भनेर मैले आफ्नो कदम उठाएको हो । लोकतन्त्र हामी नेपाली जनतलाई धेरै प्रिय छ, त्यो नेपाली जनताले गुमाउन चहादैनौं ।  त्यसको छातामूनि रहेर आफ्नो गोलमा पुर्याउन सक्यो भने उचित होला । कार्यकारी राष्ट्रपति हुनुपर्छ ः करिस्मा हाम्रो नेपालमा राजनीति गर्ने नेता र जनताबीचमा कनेक्सन छैन ।  जव जनताले आफ्नो नेता आफै छान्ने मौका पाउँछ त्यो भनेको केनेक्सन हुनु हो ।  उसले आफ्नो रोजाइको नेतृत्व चयन गर्न पाउनु कार्यकारी प्रणाली नै हो । अहिलेको परिस्थितिमा एकदमै सान्दर्भीक कुरा हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली । यसको नकारात्मक प्रभावको विषयमा मलाई त्यति ज्ञान छैन । तर जनताले आफ्नो नेता छान्न पाउनुपर्छ । हामी चलचित्रको भाषामा भन्नुपर्दा , हामी चलचित्र बनाउँछौं र हलमा ल्याउँछौं । यदी त्यो चलचित्र नराम्रो भएको खण्डमा फ्लप हुन्छ । त्यसैले राम्रो चलचित्र बनाए मात्रै चलचित्र चल्ने हुन्छ । देशको लागि निर्वाचीत हुने कार्यकारी प्रमुखले जनताको लागि राम्रो सोचेन भने सफल हुँदैन  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies