काठमाडौँ । दीपक मनाङे (राजीव गुरुङ) गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री बनेसँगै उनको चर्चा हुन थालेको छ । हुन् उनी बेला-बेलामा चर्चामा आइरहन्छन् । कहिले कसलाई झापड हानेको भन्दै चर्चामा आउँछन् भने कहिले कसैको हातै काटिदिए भन्दै गुण्डाको रुपमा चर्चामा आउँछन् । उनी चर्चामा त आउँछन् तर फरक-फरक रुपमा आउँछन् ।
२०६१ सालमा चक्रे मिलनमाथि खुकुरी प्रहार गरेर आरोप मनाङेमाथि लाग्यो । खुकुरी प्रहारबाट मिलनको बायाँ हात काटेपछि मनाङेमाथि ज्यान मार्ने उद्योगको मुद्दा लागेको थियो । काठमाडौं जिल्ला अदालतले २ वर्ष जेल सजाय उनलाई तोक्यो । त्यसपछि उनी पुनरावेदन अदालत पाटन पुगे । पाटनले २०६९ मा ५ वर्ष जेल सजाय सुनायो । पुनरावेदनको निर्णयलाई सर्वोच्चले पनि सदर गरिदिएपछि २०७४ मा मनाङे भूमिगत थिए । मनाङे २०७४ असोजमा एमालेमा प्रवेश गरे पनि विवादित छवी भएको भन्दै प्रदेश सभा निर्वाचनको टिकट दिएन । एमालेले खाण्डा लामा गुरुङलाई टिकट दिएको थियो । पछि एमालेले खाण्डाको उम्मेदवारी फिर्ता लिँदै मनाङेलाई समर्थन दियो । २०७४ मंसिर १० गते भएको प्रदेश सभा चुनावमा मनाङ ‘ख’मा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका मनाङे निर्वाचित भएका थिए । उनी २०७५ वैशाख ७ गते प्रहरीको नियन्त्रणमा आए । उनी ९ महिना जेल बसेर निस्किए ।
२०७६ माघमा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनमा खेलाडीलाई खर्च नदिएको भन्दै मनाङेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरे । खेलाडीलाई मैदान, खर्च केही नदिएको र सम्झाउँदा नटेरेको भन्दै मनाङेले झापड हानेपछि यो विषगयले नि उग्र रुप लियो तर पछि त्यसै सेलायो ।
मनाङेले आफूलाई पछिल्ला दिनमा कांग्रेस नेतृत्वको विपक्षी मोर्चा नजिक रहेको प्रस्तुत गर्दै आएका थिए । मनाङे कांग्रेस नेतृत्वको मोर्चामा लागेर मन्त्री हुने हल्ला पनि प्रदेश सभामा भएको थियो । कम्युनिस्टहरुले केही गर्न नसकेको भन्दै विरोध गर्दै आएका थिए मनाङे । यसैलाई आधार मान्दै सबैले सोचेका थिए मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मनाङेले सहयोग गर्दैनन् । तर भयो अर्कै ।
बुधबार प्रदेश सभाको कार्यसूची अनुसार अविश्वास प्रस्तावमा मतदानमा (तर उक्त दिन मतदान भने भएन) मनाङका जनताले पृथ्वीसुब्बाको विपक्षीमा नजान भनेपछि मतदानमा नआएको बताएपछि यही शब्दले उनलाई मन्त्री पद पक्का भयो । किन भने गुरुङ मन्त्री दिएर भए पनि आफ्नो पद जोगाउन चाहन्थे, मनाङे मन्त्री हुन चाहन्थे ।
मनाङेको भनाई अनुसार उनले आफ्नै इच्छामा खेलकुद मन्त्री भएको बताउँछन् । आफू खेलकुद क्षेत्रसँग नजिक रहेको र यसमै केही गर्ने ढृढताका साथ मन्त्रालय सम्हालेको उनको दाबी छ । मनाङे ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबका सल्लाहकारसमेत रहेका मनाङेले भने ‘म यही क्षेत्रसँग नजिक भएको मान्छे हुँ, मसँग योजनाहरु छन्, अब त्यो सामाजिक मन्त्रालय धेरै ठुलो थियो, मैले फुटाम भनिरहेकै थिएँ ।'
मनाङेलाई बनाउँदैमा जोगिन्छ त मुख्यमन्त्री गुरुङको पद ?
मुख्यमन्त्री गुरुङले विपक्षी मोर्चाका सांसद तान्न नसके उनको सरकार ढल्ने निश्चित छ । गण्डकी प्रदेशमा ६० सदस्य छन् । जसअनुसार मनाङेसहित मुख्यमन्त्री गुरुङको पक्षमा २८ सदस्य छन् भने विपक्षी मोर्चामा भने ३२ सदस्य छन् । विपक्षी मोर्चामा भने ३२ सांसद छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: