काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए ओली धर्मराएपछि संसद्बाट विश्वासको मत लिने भएका हुन् ।
हाल प्रतिनिधिसभा २७५ जना सांसद छन् । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल प्रधानमन्त्री ओलीकै पार्टी नेकपा एमाले छ । तर एमालेको १२१ सांसद छन् । जसमा ओली समूहका ८३ जना छन् भने झलनाथ खनाल-माधव नेपाल समूहका ३८ सांसद छन् । एमाले एक ढिक्का भए पनि प्रधानमन्त्री पदमा कायम रहन ओलीलाई बहुमत पुग्दैन् । ओलीले १३८ सांसदको समर्थन लिनुपर्छ । तर पछिल्लो पटक नेपाली राजनीतिमा चल्दै आएको 'फ्लोर क्रस' शब्द खनाल-नेपाल समूहले गर्ने सम्भावना प्रवल छ ।
प्रतिनिधिसभा दोस्रो ठूलो दल नेपाली कांग्रेस हो । कांग्रेसको ६३ सांसद छन् । कांग्रेसका २ जना सांसद निलम्बित छन् । त्यस्तै प्रतिनिधिसभामा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । माओवादीको ४९ सांसद छन् । ५३ सांसदमध्य चार जनाले पार्टी छाडेपछि माओवादी ४९ सांसदमा झरेको हो ।
त्यस्तै जनता समाजवादी पार्टीको ३४ सांसद छन् । जसपाको पनि २ सांसद निलम्बित छन् । फुटको संघारमा पुगेको जसपाभित्र विवाद तीब्र छ । संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा छन् । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग मिल्ने तयारीमा छन् ।
नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: