कैलाली । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् ।
महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार पूर्णरूपमा ठप्प भएपछि बारीमा उत्पादन भएको टमाटर, भन्टा, लौका, फर्सीलगायतका बिक्री गर्न नपाएरै खेर जान्छ कि भन्दै चिन्तित भएको व्यवसायी कृषक मुमताज गुप्ताले बताए । “विशेषगरी बारीमा उत्पादन भएको तरकारी धनगढीको त्रिनगर कृषि उपज हाटबजार, रामजानकी सब्जीमन्डी र बजारका विभिन्न होटलमा बिक्री गर्ने गर्थेँ”, उनले भने, “निषेधाज्ञाले बजार पूर्णरूपमा ठप्प भएपछि तरकारी बिक्री गर्न एकदमै मुस्किल भएको छ ।”
फुटकर तरकारी लिने ग्राहक आउने गरेको भए पनि त्यो मात्राको बिक्रीले व्यवसायमा केही हलचल नहुने उनको भनाइ छ । “दिनमा आठ÷दश किलो तरकारी बिक्री हुने गरेको भए पनि त्यो बिक्रीले आफनो लगानीसमेत उठ्दैन ।” उनका अनुसार निषेधाज्ञाअघि दिनमा पाँचदेखि आठ क्विन्टलसम्म तरकारी बजार जाने गर्दथ्यो । हिजोआजथोरै मात्राको बिक्रीले बारीमा ठूलो परिमाणमा उत्पादन भएको तरकारी बजारमा बिक्री गर्न सकिने अवस्था नभएको उनले गुनासो गरे । “तरकारी बजार बिहान दुई÷तीन घण्टा त खुल्छ तर उक्त समय आफूलाई अनुकूल भइरहेको छैन”, उनले भने ।
अहिले बारीमा करिब ३० क्विन्टल पाकेको टमाटर, १० क्विन्टल जति भण्टालगायतका तरकारी बिक्रीका लागि तयारी अवस्थामा छ तर कहाँ लगेर त्यो बिक्री गर्ने भन्ने उनलाई चिन्ता छ । “कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्मको जारी निषेधाज्ञा पुनः लम्बिएर वैशाख अन्तिमसम्म बढाइएपछि बन्दैबन्दले अब त जमीनवाला साहुलाई भाडा तिर्न सकिने अवस्था छैन”, उनले भने, “जमीनको भाडा कहाँबाट दिने र जहानपरिवार कसरी पाल्ने भनेर चिन्ता लागेर राति निद्रा लाग्नसमेत छोड्यो ।”
उनले भने, “बन्द खुलञ्जेलसम्म त बारीको तरकारी खेर गई कामै नलाग्ने भइसक्छ ।” गत वर्ष पनि लामो समयसम्मको लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाएरै बारीमै कुहिएर लगानीसमेत उठ्न नसकेको उनले बताए ।
पाँच वर्षदेखि जमीन ठेक्कामा लिई व्यावसायिकरूपमा तरकारी खेती शुरु गरेका गुप्ताले वार्षिक रु आठदेखि १० लाख जति फाइदा हुने गरेको बताए । उनले भने, “अघिल्ला वर्षमा तरकारी व्यवसायबाट निकै आम्दानी हुने गर्दथ्यो तर कोरानाका कारण गत वर्ष र यस वर्ष गरिएको बन्दाबन्दीले व्यवसायमा निकै घाटा व्यहोर्नुपरेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: