Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८० मंगलवार | 26th September, 2023 Tue

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । ती मध्ये ३ सय ९१ भरिएका र २ सय ७९ खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ४ सय ९७ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ । बाँकी रहेका १ सय ७३ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ । कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो ।

साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको छ । जथावाभी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुनेछ ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखराको मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै  पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...

जापानसँग नेपालको फराकिलो हार

काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...

महासमिति बैठकको तयारीमा होमियो कांग्रेस, उपसमिति गठन

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ९ बुँदे निर्णय गरेको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकलाई भव्...

स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्न हुँदैन : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् । सोमबार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनक...

प्रेम चलाउनेको मुद्दा 'हेर्दाहेर्दै'मा, भोलि पूर्ण सुनुवाइ हुने

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्...

खिलराज नेतृत्वका पर्यटनमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धा...

आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ। बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी ...

किन एसियाली खेलकुदका लागि चीन जाँदैनन् सन्दीप लामिछाने?

काठमाडौं।  क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका...

मुस्लिम आयोगले भन्यो : धार्मिक सहिष्णुता खलबलाउने प्रयास गर्नेलाई तत्काल कारबाही होस्

काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ...

एमालेलाई कमजोर पार्न विभिन्न तत्वहरू क्रियाशील छन् : शंकर पोखरेल

काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई कजोर पार्न विभिन्न तत्वहरू नेपालमा क्रियाशील रहेको बताए। एक टेलिभिजनलाई अन्तर्वार्ता दि...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending