Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

जिल्लाका बिभिन्न अस्पतालमा ८ जना सङ्क्रमितको मृत्यु

रासस

चितवन । जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः०० बजे मृत्यु भएको हो । 

सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

मेडिकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाका कारण यह िवैशाख २१ गते अस्पताल भर्ना भएकी उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः२६ बजे मृत्यु भएको हो । 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर–२४ की ५७ वर्षीया महिलाको मृत्यु भएको छ । निमोनियाका कारण उपचारका लागि यही वैशाख १३ गते अस्पताल भर्ना भएकी उनमा १४ को कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ः५९ बजे मृत्यु भएको हो । 

सोही मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २५ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः३९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) सुनौलका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५३ बजे मृत्यु भएको हो । 

भरतपुर अस्पतालमा उपचाररत गुल्मी मुसिकोट गाउँपालिका–९ का ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मङ्गलबार राति ११ः५ बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय वृद्धको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मङ्गलबार राति १०ः३० वजे मृत्यु भएको हो । मृतक सबैको शव व्यवस्थापनका लागि समन्वय भइरहेको छ । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies