Ntc summer Offer
Khabar Dabali १८ मंसिर २०८० सोमबार | 4th December, 2023 Mon

अमेरिकाद्वारा अक्सिजनकाे समस्यामा नेपाललाई सहयोग गर्ने घोषणा

अमेरिकाले नेपाललाई थप ३२ करोड १७ लाख रकम उपलब्ध गराउने

रासस

काठमाडौँ । कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप रु ३२ करोड १७ लाख ५० हजार उपलब्ध गराउने घोषणा गरेको छ । अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिण्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा भरथेग गर्न  अमेरिकाले थप सहयता रकम उपलब्ध गराउने आज घोषणा गरेको यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

आज घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण शुरुभएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना भाइरस सङ्क्रमण परीक्षण उपकरण, हातधुनेस्थल निर्माणलगायत कोभिडविरुद्धका नेपाल सरकारका प्रयासमा रु ६७ करोड ८६ लाख प्रदान गरिसकेको पनि उक्त दूतावासले जनाएको छ ।

यही वैशाख २९ गते अमेरिकाले अत्यावश्यक स्वास्थ्य उपकरण कोभिड–१९ सङ्कट समन्वय तथा व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यौन क्रियाकलापमा जबरजस्ती संलग्न गराइएका ३ जना नाबालिकाको उद्धार

काठमाडौँ।  होटल सञ्चालकले जबरजस्ती यौन गतिविधिमा संलग्न गराएका ३ जना नाबालिकाको उद्धार गरिएको छ। यस सन्दर्भमा काठमाडौँको नयाँबसपार्कस्थित पश्चिम लुम्ब...

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौँ। प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको...

मन्त्रिपरिषद्मा हेरफेर हुँदैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा स...

जापानमा भालुको आक्रमण इतिहासमै उच्च

टोक्यो। आर्थिक वर्ष सन् २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानीस्तरमा पुगेको छ । मुलुकमा भालुको आक्रमण यो वर्ष सबैभन्दा खराब ...

एनएसएल : इलाम पेनाल्टीमा चुक्दा बुटवलको जित

काठमाडौँ। एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) को आफ्नो तेस्रो खेलमा आएर पहिलो जित निकालेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलम...

जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज अपराह्न स्वदेश फर्किएका...

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ। अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भई हाल ललितपुर बस्ने २७ वर्षीय...

भेद्‌भावको अन्त्य गरेर आर्थिक-सामाजिक रुपान्तरण कायम गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन् । अध्यक्ष ने...

वायुसेवा निगमले भन्यो– हाम्रो कमजोरीका कारण कालोसूचीबाट नहटेको भन्नेमा सत्यता छैन

काठमाडौँ। नेपाल वायु सेवा निगमले आफ्नो कमजोरीका कारण युरोपेली युनियन (ईयू)ले नेपाललाई उडान सुरक्षा चासो सूची (कालोसूची)बाट नहटाएको भन्ने आरोप खण्डन गर...

एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद : अमरेशकुमार सिंह

काठमाडौँ। प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies