त्रिशूली । रसुवाको पहिलो विद्यालय निलकण्ठ माध्यमिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसँगै नयाँ भवन निर्माण गर्न जग्गा खरिदको लागि झण्डै २१ लाख जुटेको छ । भवन बनाउन आवश्यक पाच रोपनी जग्गा खरिद गर्न विद्यालयका पूर्व विद्यार्थीको पहलमा शुरु गरिएको चन्दा सङ्कलनको एक महिनामा रु.२० लाख ९२ हजार जम्मा भएको प्रचारप्रसार विभागका संयोजक शशी डङ्गोलले जानकारी दिए । उतरगया गाउँपालिका–५ घर भएर हाल बेल्जियम निवासी मीरा डङ्गोलले रु.एक लाख एक सय दिएर शुरु भएको सो अयिभानमा गाउँपालिका लेखनाथ अधिकारीले एक लाख एक हजार १५५ सहयोग गरेका छन् । हालसम्म १९८ दाताबाट सहयोग जुटेको छ । रकम सङ्कलन अभियान अहिलेको निषेधाज्ञाको समयमा पनि जारी रहेको शिक्षक गणेश श्रेष्ठले बताए ।
विसं। २००७ मा स्थापना भएको उक्त विद्यालयमा भवन र आवासीय संरचना बनाउन नेपाल सरकारबाट एक करोड ५० लाख बढी रकम बजेट सुनिश्चित भएकोे छ । सोही कारण जग्गाको जाहो गर्न लागिएको हो । स्थानीय वसन्त आचार्यसँग चार रोपनी जग्गा ७६ लाख ८० हजारमा खरिद गर्न दाताबाट सङ्कलन भएको रकमबाट विद्यालयले १० लाख अग्रिम भु्क्तानी दिइसकेको व्यावस्थापन समितिका अध्यक्ष ओमप्रसाद आचार्यले जानकारी दिए ।
जग्गा खरिद सहित पूर्वविद्यार्थीले स्मारक, वालउद्यान लगायतका संरचना निर्माण गर्न सहयोग अभियान चलाएको विदुर निवासी पूर्वविद्यार्थी मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए । उनका अनुसार अभियानमार्फत एक करोड सङ्कलन गर्ने लक्ष्य छ । निलकण्ठ मावि रसुवा र नुवाकोट दुवै जिल्लाको विद्यार्थीको लागी पायक पर्ने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: