Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

सांसद बस्नेतद्वारा सूर्यविनायक नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

एम्बुलेन्स सेवाका लागि ९८०८५२९३८३ मा सम्पर्क उर्न आग्रह

रासस

भक्तपुर । कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स अभाव भएको गुनासो आइरहेको समयमा सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी कोभिड एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कोरोनाको बिरामीले एम्बुलेन्स नपाइरहेको गुनासो आइरहेको बेलामा पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा ल्याएको एम्बुलेन्स उनले आज हस्तान्तरण गरेको हो ।

सांसद बस्नेतको पलहमा भारत सरकारले सहयोगस्वरूप प्रदान गरेको उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानवीय आस्था नेपालले संयुक्तरूपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरेका हुन् । हस्तान्तरणलगत्तै सांसद बस्नेत र नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्तरूपमा एम्बुलेन्स उद्घाटन गर्दै आजदेखि सञ्चालनमा आएको  छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं सांसद बस्नेतले अहिले महामारीको यो समयमा जनताको सुरक्षा र बिरामीलाई सहज एम्बुलेन्स सेवा पुग्ने विश्वास व्यक्त गरे । कोरोनाका बिरामीका लागि सूर्यविनायक नगर अस्पताल तत्काल सञ्चालनमा ल्याउन लागेको बताउँदै सांसद बस्नेतले उपचार तथा सुविधा अभावका कारणले यहाँका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

कार्यक्रममा नगरप्रमुख थापाले नगरका जनताको जीवन रक्षाका लागि आफू अरोरात्र खटिरहेको बताउँदै नगरभित्रका जनतालाई कोरोनाका कारण उपचारमा कुनै समस्या आउन नदिने दाबी गरे  । उनले सांसद बस्नेत र आफ्नो पहलमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आउन लागेको बताउँदै कोरोना सङ्क्रमितको उपचारलाई उच्च प्राथमिकतामा राखेर सेवा दिने बताए । भक्तपुरका जनताले चौबिसै घण्टा एम्बुलेन्स सेवाका लागि ९८०८५२९३८३ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरे । 

त्यस्तै, योयो युनिटी भक्तपुर, नेपाल रेड्क्रस सोसाइटी भक्तपुर र ब्लोडान, भक्तपुरको संयुक्त सहकार्यमा भक्तपुरका बासिन्दाका लागि निःशुल्क कोभिड एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कोरोना लगायतका अन्य बिरामीलाई अस्पताल पु¥याउने सेवाका लागि चौबिसै घण्टा सञ्चालन गर्ने गरी निःशुल्क एम्बलेन्स सेवा शुरु गरेको योयो युनिटीले जानकारी दिएको छ ।  एम्बुलेन्स चाहिएमा ९८६१८५४९८२ मा सम्पर्क गर्न सक्नेछ । 
    
कोरोना सङ्क्रमित बिरामीका लागि सेवा दिन भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स समन्वय समितिले अक्सिजनसहितका एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमणका बेलामा पनि सङ्क्रमितले सहज रुपमा एम्बुलेन्स नपाएको गुनासो आएकाले चौबिसै घण्टा सेवा दिने गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बलेन्स चाहिएमा ९८६१७५६४६१ मा सम्पर्क गर्न समिनिले आग्रह गरेको छ ।

यता नेपाल नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाले महामारीको समयमा गत वर्षदेखि यस वर्षसम्म नियमित एम्बुलेन्स चलाएर बिरामीको सेवा गरेको भन्दै एम्बुलेन्स चालकलाई नगद पुरस्कार प्रदान गरिएको छ । उपशाखाले सञ्चालन गरेको एम्बुलेन्सका चालक रुपचन्द्र हुमागाईंलाई नगद रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको उपशाखाका सभापति कल्पदीप खड्काले जानकारी दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy