Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

प्रदेशकै सबैभन्दा ठूलो सरकारी पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

रासस

कास्की । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । 

नवगठित मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सो अस्पताललाई कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार अस्पताल बनाउनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । अहिले सो अस्पतालका ५० शय्यामा कोरोनाका बिरामीको उपचार हुँदै आएको छ ।

मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा मन्त्री बस्नेतलाई चयन गरेको छ । यसैगरी प्रदेश तथा नीति तथा योजना आयोगको उपाध्यक्षमा डा गिरधारी शर्मा र सदस्यमा डा विष्णुराज बराललाई निरन्तरता दिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा लगत्तै उनीहरु पनि पदमुक्त भएका थिए  । मुख्यमन्त्री गुरुङको राजनीतिक सल्लाहकारमा लमजुङको सुन्दरबजार नगरपालिका–३ निवासी डा भीष्म अधिकारीलाई नियुक्तिको निर्णय गरेको बताइन्छ । 

बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७४ लाई संशोधन गरी मन्त्रालयहरु फेरबदल गर्ने निर्णय गरेको थियो । विगतमा मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेकामा यसअघि सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रालय बनाइएको थियोे । अहिले पुनः तीन मन्त्रालय थप गरेर मन्त्रालयको सङ्ख्या ११ पु¥याइएको छ ।
 
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यविभाजन नियमावलीलाई संशोधन गरेर मन्त्रालयको सङ्ख्या वृद्धि गरेलगत्तै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी कार्यविभाजन गरेका थिए ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending