Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध, गाजापट्टीमा बिहीबार पनि हमला

रासस

गाजा सिटी ।  इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भिषण हवाई हमला शुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् ।

गाजाका विद्रोही हमास समूह विरुद्धको प्रत्याक्रमण रोक्न अमेरिकी दबाबलाई बेवास्ता गर्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सैनिक कारबाहीलाई निरन्तरता दिएका छन्  । पछिल्लो युद्ध शुरु भएयता गाजामा सरकार चलाइरहेको हमासका लडाकूले इजरायलमाथि हजारौं क्षेप्यास्त्र प्रहार गरिसकेको छ । 

बिहीबार सबेरै गाजा शहरलाई बिस्फोटनका आवाजले हल्लाइदिएको थियो भने आकाशमा आगोका लप्का माथिसम्म देखिएका थिए । इजरायली आक्रमणहरु मध्य शहर डायर अल–बलाह र दक्षिणतर्फको खान युनिस शहरमा पनि भएका थिए । 

बिहान हेर्दा खान युनिस शहरका पाँच स्थानीयवासीका घर बम आक्रमणबाट ध्वस्त भएका पाइएका थिए । गाजा शहरको व्यापारिक केन्द्रका रुपमा रहेको अल–सफ्तावी स्ट्रिटमा पनि भिषण आक्रमण भएको थियो ।

इजरायली सेनाले हमासका कमान्डरका कम्तीमा चार वटा घर ध्वस्त पारिएको जनाएको छ । खान युनिसमा खवाल्डी परिवारको दुई तले भवन क्षतिग्रस्त भएको छ । डरका कारण आफ्नो घर छाडेर ११ सदस्यीय खवाल्डी परिवार नजिकैको अर्को घरमा बस्न थालेको थियो । तर आक्रमणबाट उनीहरु पनि घाइते भएका र अस्पताल भर्ना गरिएको छिमेकी शाकेर अल–खोजोनदारले बताए  । 

हालको सैनिक कारबाहीबाट सयौं व्यक्तिको ज्यान गइसकेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कारबाही रोक्न इजरायली प्रधानमन्त्री नेतन्याहूलाई दुई पटक आग्रह गरेपनि त्यसलाई बेवास्ता गरेका छन् । गत साता लडाईं शुरु भएयता दुई मुलुकबीचको तिक्तता पहिलोपटक सतहमा देखा परेको छ । 

सैनिक मुख्यालयको भ्रमणपछि प्रधानमन्त्री नेतन्याहूले बुधबार अमेरिकी राष्ट्रपतिको समर्थनको प्रशंसा गरेका थिए । नेतन्याहूले आफ्ना नागरिकको सुरक्षाको प्रत्याभूति हुने अवस्था सिर्जना नहुँदासम्म सैनिक कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

अमेरिकी राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नेतन्याहूलाई फोन गरी युद्धबिराम गर्ने गरी आफ्ना आक्रामक कारबाही स्थगन गर्न आग्रह गरेका थिए  । तर पहिलो पटक फोन गर्दा बाइडेनले इजरायलमाथि दबाब दिएका थिएन । तर मानवीय र भौतिक क्षति बढ्दै गएपछि बाइडेन प्रशासनमाथि दबाब बढ्न थालेको छ । 

इजिप्टका मध्यस्थकर्ताले पनि युद्ध रोक्नेतर्फ कार्य गरिरहेका छन् । उनीहरुले इजरायलको जवाफको प्रतिक्षा गरिरहेको बताएका छन् । 

हमासका एक जना वरिष्ट अधिकारी मौसा अबु मार्जोकले लेबनानी टेलिभिजनसँग कुरा गर्दै एक दुईदिन भित्रै युद्धबिराम हुने अपेक्षा गरिएको बताएका छन् । 

जर्मनीका विदेश मन्त्री हेको मास पनि इजरायली र प्यालेस्टिनीसँग वार्ता गर्न बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । इजरायलको विदेश मन्त्रालयले इजरायलको कारबाहीप्रति समर्थन जनाउन स्लोभाकिया र चेक गणतन्त्रका विदेश मन्त्रीहरुले इजरायल भ्रमण गर्न लागेको जनाएको छ । 

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो । पूर्वी जेरुसेलमस्थित अल अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली प्रहरीबीच निकै दिनदेखि जारी भिडन्त पश्चात हमास लडाकूले जेरुसेलमलाई लक्षित गरी लामो दूरीका क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले हमास विरुद्ध कारबाही थालेको थियो । 

अल अक्सा मस्जिद परिसरमा प्रहरीको दमनका साथै यहूदीहरुले दर्जनौं प्यालेस्टिनी परिवारलाई विस्थापित गर्न खोजेपछि परिस्थिति अझ जटिल बनेको थियो । 

त्यसयता, इजरायलले सयौं हवाई हमला गरिसकेको छ । इजरायलको भनाईमा यी आक्रमणहरु हमासका सबै किसिमका पूर्वाधार ध्वस्त बनाउन केन्द्रित रहेको छ । हमासले पनि चार हजारभन्दा बढी क्षेप्यास्त्रहरु इजरायलतर्फ प्रहार गरेको जनाएको छ ।  

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २२७ जनाको मृत्यु भएको छ जसमा ६४ जना बालबालिका र ३८ जना महिला छन् । आक्रमणबाट एक हजार ६२० जनाभन्दा बढी घाइते भएका छन् । हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ । 

इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन् । 

इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ । 

इजरायली आक्रमणबाट कम्तमिा १८ वटा अस्पताल र क्लिनिकमा क्षति पुगेको छ भने एउटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शनहरु भएका छन् ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy