भोजपुर । दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका–६ बस्ने १७ वर्षीय किशोरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित आरीखोला र मखुवाखोलाको दोभानदेखि करिब २० मिटर टाढा बनमारा घारीमा लगेर ती बालिकालाई मंगलबार दिउँसो ती किशोरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मानेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: