Khabar Dabali १७ असार २०७९ शुक्रबार | 1st July, 2022 Fri

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २१ लाख नगद सहित ३ जना पक्राउ

Krishi bikash bank
खबरडबली संवाददाता

मोरङ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका–१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका–१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी रहेका छन् । विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ, ५ थान विभिन्न बैंकका चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक तथा जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । 

थप अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न अमृत समेत रहेको खुल्न आएपछि प्रहरीले अमृतलाई उनकै घरबाट पक्राउ गरेको हो । अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद समेत प्रहरीले बरामद गरेको छ । २०७७ चैत्र महिनादेखि हुण्डी कारोबार ह्‍वाट्स एप मार्फत विभिन्न बैंकको खाता नम्बरमा रकम जम्मा गर्ने र सोको विवरण समेत ह्‍वाट्स एप मार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइने उक्त कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।   का...

आयात प्रोत्साहनले परनिर्भरता बढ्योः कमल थापा

कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता ...

बनेपामा बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ जना घाइते

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।...

निर्वाचन आयोगले गर्यो स्थानीय निर्वाचनको समीक्षा

काठमाडौँ । निर्वाचन आयोगले गत  वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्...

'प्रधानमन्त्री देउवाले पार्टीलाई विधानअनुसार चलाउन सक्नुभएको छैन'- डा. शेखर कोइराला

काठमाडौँ  ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीलाई विधानअनुसार चलाउन नसकेको जनाएका छन् ।  आज (बिहीबा...

विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि– विश्व स्वास्थ्य सङ्गठन

जेनेभा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् ।   विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमि...

आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

काठमाडौँ ।  चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखे...

इजरायली संसद् विघटन, ४ वर्षभन्दा कम अवधिमा पाँचौं पटक चुनाव हुँदै

जेरुसेलम । इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् ।  प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस–पार्टी गठबन्धनले संसदमा ब...

रुससँग लड्न थप सहयोग माग

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप स...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page