भक्तपुर । नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनु पर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग आज उनले जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिए पनि पार्टीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको र पार्टीभित्रै चलेको दूषित खेलका कारण सरकार ढाल्ने फोहोरी खेल चलेपछि राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक भएको उनले बताए ।
निर्वाचन नै अहिलेको राजनीतिक निकास दिने सूत्र भएको भन्दै उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको बताए । सरकारमा जान हतारो गरेका र सरकारको नेतृत्व लिने चाहना गरेकाहरुले मङ्सिरमा हुने निर्वाचनमा बहुमत ल्याएर सरकार चलाउन सक्छन् भन्दै उनले संसदले बिजनेस नपाएर ‘थारो गाई’ जस्तै भएर रहनुभन्दा विघटन भएर निर्वाचनमा जानु नै उपयुक्त भएको बताए ।
“संसद थारो गाई जस्तै भयो, राजनीतिक निकास दिन नसक्ने, वैकल्पिक सरकार पनि दिन नसक्ने, कानून बनाउन नसक्ने भएपछि विकल्प नयाँ जनमत नै हो”, उनले भने, “दलहरु बीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचातानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा नयाँ जनादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यहीँ बाटो रोज्नु भयो ।”
गत पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते फैसला गरी राजनीतिक निकासका लागि बाटो खोलिदिए पनि निकास नपाएको भन्दै नेता बस्नेतले पार्टी फोर्ने, विधि पद्दति उल्लङ्घन गर्नेरगर्न लगाउने, सत्ता लिप्साका लागि कीर्ते हस्ताक्षर गर्नेरगराउने, पार्टीको निर्णय विपिरीत जानेरजान लगाउने जस्ता आपराधिक गतिविधिका कारण निर्वाचनमा जानुपरेको बताए ।
सरकरले आगामी कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरेको चुनावलाई सबै मिलेर सफल पार्नुपर्छ भन्दै उहाँले चुनावमा गएर जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा पराजयको त्रास भएकाहरुले निर्वाचनको विरोध गरेको आरोप लगाए ।
नेकपा एमाले निर्वाचनमा होमिसकेको बताउँदै उनले विरोध गरेर निर्वाचनमा नलाग्नेहरु आफैँ पछाडि पर्ने टिप्पणी गरे । सरकार निर्वाचन र कोरोना भाइरसको नियन्त्रणमा केन्द्रीत हुने बताउँदै उनले सबै पार्टीहरु निर्वाचन र कोरोना भाइरसलाई परास्त गर्न जुट्नुपर्ने औँल्याए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: