Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ईमाडोलबाट गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री  वितरण गरेको अभियोगमा एक पक्राउ

खबरडबली संवाददाता

ललितपुर । गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल शितलहाईट डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका–१ ठेगाना भएका लाइफ लाइन सर्जिकल हाउसका संचालक २६ वर्षीय आशिष प्याकुरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

 

कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने ‘७५५ ह्‍याण्ड स्यानिटाइजर’ बजारमा खुलेआम विक्री वितरण भइरहेको पाईएकोले त्यस्ता स्यानिटाइजरको गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा उक्त स्यानिटाइजर मिथानोल रसायन २४५ भेटिएको थियो । स्यानिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नु पर्ने जरुरी रहेको भन्ने औषधि व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न प्याकुरेललाई पक्राउ गरेको हो ।

 

आशिषले शितलहाईटमा घर भाडामा लिई औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘रिप्याक्ट बाई आरसिबि ईण्डस्ट्रिज पर्सा’, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी स्यानिटाइजर तयारी तथा प्याकिङ गरी विक्री गर्ने गरेको  स्थानबाट करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरू र त्रिपुरेश्वरस्थित लाईफ लाईन सर्जिकल सप्लायर्सबाट करिब ५ हजार लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ । बरामद भएका स्यानिटाइजरको बजार मूल्य करिब १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको  रहेको छ । उक्त सर्जिकल हाउस औषधि व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा शिल गर्नुका साथै बजारमा विक्री वितरण हुन नदिन प्रहरीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिरहेको छ ।

 

आशिषलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइने उक्त महाशाखाले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies