काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूसहित प्रतिनिधिसभाका बहुमत सांसदले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनमा अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल प्रेस युनियनको ३० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले प्रधानमन्त्रीले संविधान उल्लंघन गरेको आरोप लगाउँदै संविधानको रक्षाका लागि आफूहरु अदालत जान बाध्य भएको बताए । उनले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम आफूहरुले नयाँ सरकार गठनका लागि गरेको दावीमा राष्ट्रपतिले आवश्यक छानबिन नगरेको भनी आपत्ति जनाए ।
पूर्वप्रधानमन्त्री देउवाले भने, “अहिले जनताको जीवन रक्षा प्रमुख विषय हो, तसर्थ हामी अदालत गएका हौँ, यसमा जनमत सिर्जना गरी सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्दछौँ ।” फरक प्रसंगमा उनले आफूले पार्टीको महाधिवेशन गर्न नसकेको कलंक बोक्न नचाहेको उल्लेख गर्दै सबैको चित्त बुझाएर निर्धारित समयमै सम्पन्न गरिने विश्वास दिलाए ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले बहुदलीय लोकतान्त्रिक व्यवस्था आत्मसात् गरे पनि धारा ७६ को उपधारा (५) पुगेपछि सांसदको आत्मनिर्णय र स्वविवेकीय अधिकारसमेत स्वीकार नगरिएको जनाउँदै सोही व्यवस्थानुसार सरकार गठनका लागि सांसदहरु अदालत जानुपरेको बताए ।
पूर्वसभामुख पौडलले कोभिड–१९ को महामारीबीच वर्तमान सरकारले निर्वाचन घोषणा गर्ने तर पुनः महामारी देखाएर निर्वाचन नगर्ने खतरासमेत देखिएको जनाउँदै अहिले देशलाई विकल्प चाहिएको धारणा व्यक्त गरे । “कांग्रेस सक्षम र एकताबद्ध हुन निर्धारित समयमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्छ”, उनले भने ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमाध्यमले स्वतन्त्र रुपमा लेख्न र प्रसारण गर्न पाए मात्रै लोकतन्त्रको सार्थकता रहने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले महामारीमा नागरिकका लागि सूचनाको झन् महत्व हुने भए पनि जनतालाई सुसूचित गर्ने सञ्चार क्षेत्रले यतिखेर सरकार र दलबाट अपेक्षानुसारको प्राथमिकता नपाएको गुनासो गरे ।
प्रेस युनियनका अध्यक्ष बद्री सिग्दलले कोभिड–१९ को महामारीबाट प्रभावित सञ्चारकर्मीलाई राहत दिनका लागि युनियनका तर्फबाट रु १० लाखको राहत कोषको घोषणा गर्दै कोषमा थप सहयोगका लागि सबैलाई आह्वान गरे । करिब ५०० जनाको सहभागिता रहेको र विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको भर्चुअल कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव अजयबाबु शिवाकोटीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: