Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दमौली अस्पतालकाे अक्सिजन प्लाण्ट जडान तयारी अन्तिम चरणमा

रासस

दमौली । तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । 

“कहाँनेर राख्ने भनेर ठाउँ हेरेका छौँ, सम्झौता भएको कम्पनीले शुक्रबारसम्म जडान गरिदिने प्रतिबद्धता जनाएको छ”, अधिकारीले भने । प्लान्टबाट उत्पादित भएको अक्सिजन प्रत्येक बिरामीको श्ययामा विस्तार गरिनेछ । तत्कालका लागि सिलिण्डरमा भर्ने नभई पाइपलाइनमार्फत श्ययासम्म विस्तार गरिने अधिकारीले बताए । 

प्लान्ट स्थापनाका लागि गण्डकी प्रदेश सरकारले गत वर्ष अस्पताललाई रु ७० लाख विनियोजन गरेको थियो । सङ्घीय सरकारमार्फत केही दिनअघि मात्रै रु ३० लाख विनियोजन भएको छ  । प्लान्ट निर्माणका लागि अस्पतालले जयशङ्कर प्रालिसँग सम्झौता गरेको थियो । 

कोरोना सङ्क्रमण दिनप्रतिदिन बढिरहेका बेला सदरमुकाममा रहेको दमौली अस्पतालको स्तरोन्नतिको प्रसङ्ग चलिरहेको छ । गत वर्षको कोरोना कहरका बेला पनि यही प्रसङ्ग चर्चामा आएको थियो । अस्पतालको स्तरोन्नतिका लागि वर्तमान समिति पनि विगतदेखि नै लागिरहेको छ । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिँदा पनि कुनै परिणाम प्राप्त नभएको जानकारी दिए । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा अनेकौँ पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि शून्यकै स्थिति रहेको अधिकारीले बताए । 

“विभिन्न ठाउँका विभिन्न कित्ताका सार्वजनिक र विभिन्न सरकारी कार्यालयको अनुत्पादक जग्गा पहिचानसहित सम्बन्धित निकायमा लगियो तर परिणाम हात लाग्यो शून्य”, उनले भने, “मौजुदा नियम कानूनले छेक्ने कुरा बारम्बार सुन्दा कानै पट्याए ।” जनताको आवश्यकताका पछाडि नियम कानून बाधक छन् भने त्यसलाई परिवर्तन गर्नुपर्ने अधिकारीको सुझाव छ । 

“अस्पताल सञ्चालनका लागि अस्पताल परिसरमा निर्माण भएको नयाँ भवन पाउनका लागि तारन्तर नलागेको होइन, महिला तथा बालबालिका कार्यालय लागि तयार भवन पनि मागियो, तर उपलब्धि भएन”, उनले भने, “जग्गाको हकमा पछि बल्लबल्ल जिल्ला समन्वय समितिले चार रोपनी जग्गा उपलब्ध गराई सहयोग गरेको छ ।” सोही जग्गामा अस्पताल भवन बनाउन डिपिआर भइरहेको अधिकारीको भनाइ छ ।

विसं २०६२ मा आफ्नै स्रोत साधन प्रयोग गरी ५० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति पाए पनि अस्पताल समितिले सञ्चालन गर्न सहज नभएको अधिकारीको बुझाइ छ । वर्तमान अवस्थामा पनि अस्पतालले केही उल्लेख्य प्रगति गरेको अधिकारीले जानकारी दिए । अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटरसहित आइसीयूकक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । 

सङ्कटमा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइँदै 

सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो । 

बैंकर क्लबका अध्यक्ष राजु रानाले आज नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरे । कोभिड–१९ को विषम परिस्थितिमा नगरवासीको जीवनरक्षाका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सनट्रेटर सहयोग गरेका रानाले बताए । उनका अनुसार रु दुई लाख ५४ हजार बराबरको सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

नगरप्रमुख न्यौपानेले सङ्कटको घडीमा संस्थाले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासबाट कोभिड नियन्त्रण सम्भव रहेको बताए । यसैगरी लायन्स क्लब अफ तनहुँले सो नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन क्लबले नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । 

क्लबका अध्यक्ष सरोज भण्डारीलगायत पदाधिकारीले नगरप्रमुख न्यौपानेलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । समाजसेवा नै मूल मन्त्र ठानेर सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्थाले नगरवासीको जीवनरक्षाका लागि उक्त सहयोग गरेको भण्डारीले बताए । 

तनहुँको आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । करुणा फाउण्डेशन काठमाडौँले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो । कोभिड महामारीका बेला संस्थाले गरेको सहयोगले सङ्क्रमितको उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले कन्सन्ट्रेटर सहयोग गरेकामा संस्थाप्रति आभार व्यक्त गरे । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies