काठमाडौँ । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा, चुनौती र सामना गर्ने रणनीति’ विषयक अन्तरक्रियामा प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले सरकारी विद्यालयलाई अनलाइनबाट पढाउन प्रविधि र यन्त्रको व्यवस्था गरिनुपर्ने बताए । संस्थागत विद्यालयलाई स्रोतको व्यवस्थाका लागि सरकारको पहल आवश्यक रहेको उनको भनाइ थियो ।
अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको शिक्षाले चिल्लो प्रमाणपत्र दिने तर संस्कार नदिने भएकाले संस्कार बसाउन शिक्षा नीतिमै व्यवस्था गर्न माग गरे । शिक्षामा संस्कार नहुनुमा सरकारी नीति र समाजको पनि दोष रहेको उहाँको भनाइ थियो । सरकारी विद्यालयमा दिवा खाजा र स्यानिटरी प्याडमा छुट्याएको बजेट खर्च नभएकाले त्यसलाई अनलाइन शिक्षा दिन डिभाइसमा खर्च गर्नुपर्ने महासङ्घका अध्यक्ष भण्डारीको माग थियो ।
वैज्ञानिकरुपमा छात्रवृत्ति वितरण गर्न माग
छात्रवृत्तिलाई वैज्ञानिक बनाउन महासङ्घले लामो समयदेखि राख्दै आएको छात्रवृत्ति बैङ्कको व्यवस्था गरिनुपर्ने माग अझै पूरा नहुँदा विपन्न वर्गका लागि व्यवस्था गरिएको छात्रवृत्तिको दुरुपयोग हुँदै आएको छ । निकै कम मात्र लक्षित वर्गले छात्रवृत्ति पाएका छन् ।
अधिकांश पहुँचवालाले नै छात्रवृत्ति पाएको पत्रकार एवं रत्नराज्य लक्ष्मी क्याम्पसका उपप्राध्यापक जगत नेपालले सुनाए । राजनीतिक परिवर्तन भएपनि अरु क्षेत्रमा परिवर्तन नहुने, कानून कार्यान्वयन नहुने, विधिको शासन स्थापित नहुने गरेकाले राजनीतिक प्रणाली पनि टिक्न नसक्ने गरेको उनको भनाइ थियो । संविधानमा मौलिक हकका रुपमा राखिएको शिक्षा, स्वास्थ्यजस्ता हकको समेत कार्यान्वयन हुन सकेको छैन ।
सरकारको प्राथमिकतामा शिक्षा परेको भए शिक्षक विद्यार्थीले पहिलो चरणमै खोप पाउने सरोकार भएका निकायका अधिकारीको ऐक्यबद्धता थियो । अरु देशमा शिक्षक, विद्यार्थी एवं शैक्षिक संस्थामा कार्यरत कर्मचारीले पनि पहिलो चरणमै खोप पाएको उहादहरण उनीहरुले सुनाए । अनलाइन माध्यमबाट अध्यापनका लागि सबैतिर ‘डिभाइस’ र नेटवर्क नहुने भएकाले कोरोना महामारी लम्बिरहेको सन्दर्भमा वैकल्पिक व्यवस्था गरिनुपर्ने सरोकारवाला निकायको जोड थियो । शिक्षालाई वस्तु नभई सेवाका रुपमा लिएर संविधानमा मौलिक हकका रुपमा राखेपछि त्यसै अनुसारको व्यवस्था गर्न पनि सो अवसरमा माग गरिएको छ ।
फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले पाँच वर्षअघिदेखि नै समसामयिक विषयमा अन्वेषण यात्रा शुरु गरेको जानकारी दिनु हुँदै महामारीका बेला घरमै बस्न बाध्य बालबालिकाले कसरी अध्ययन गर्ने वातावरण पाउन सक्छन् भन्ने उद्देश्यले अन्तरक्रिया राखिएको सुनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: