Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

चिसापानीमा ट्राउट माछापालन

रासस

बागलुङ । गलकोट नगरपालिका–३ चिसापानीमा रेम्बो ट्राउट माछाको व्यावसायिक पालन थालिएको छ । गलकोट–७ मल्मका युवा व्यवसायी हुम थापाले माछापालनमा लगानी गरेका हुन् । उनका अनुसार ११ वटा पोखरीमा ट्राउटपालन भइरहेको छ । “अहिले १६ हजार भुरा पोखरीमा छन् । एक क्विण्टलजति बेच्ने भइसके”, थापाले भने । गत वर्ष नै माछापालनसहित एग्रो रिसोर्ट सञ्चालनमा ल्याउने उनको तयारी थियो । कोरोनाका कारण उक्त योजना पछाडि धकेलिएको छ । रेष्टुराँ, पौडी पोखरीलगायतका संरचना भने बनिसकेका छन् । माछापालन व्यवसायसहित अन्य पूर्वाधारमा हालसम्म रु एक करोडभन्दा बढी खर्च भइसकेको थापाको भनाइ छ ।

‘दरमखोला रेम्बो ट्राउट एग्रो’ नामक दिएर उनले व्यवसाय थालेका हुन्  । पछि एग्रो रिसार्टकै रूपमा विस्तार गर्ने र त्यसका लागि पूर्वाधार तयारीको काम भइरहेको थापाले बताए  । पछिल्लो समय ट्राउटपालन हेर्न, रेष्टुराँमा समय बिताउन र पौडीको आनन्द लिन मानिसहरू त्यहाँ जान थालेका थिए । गत नयाँ वर्षको आसपासमा त दैनिक सयौँको भीड नै लाग्थ्यो । गर्मीयाममा पौडीको आनन्द लिन आउनेको सङ्ख्या पनि उत्तिकै हुन्थ्यो । पौडीका लागि प्रतिव्यक्ति रु १०० र विद्यार्थीलाई रु ५० तोकिएको छ ।

कोरोनाको जोखिमले पुनः निषेधाज्ञा जारी गरिएपछि अहिले व्यवसाय बन्द छ । “रेष्टुराँ त खोल्ने कुरा भएन, आलो माछा किन्न आउनेलाई बेचिरहेका छौँ”, थापाले भने । ट्राउट माछाको मूल्य प्रतिकिलो रु एक हजार ४०० छ ।रेष्टुराँमा परिकार बनाएर खाँदा एक प्लेटको रु ४०० पर्छ । थापाले ट्राउटसँगै स्थानीय दरमखोलाको असला माछा पनि पाल्नुभएको छ । एउटा पोखरीमा असलाका एक हजार ५०० भुरा छाडिएको छ ।

आफ्नै जग्गामा बाह्रैमास चल्ने पानीको मूल भएपछि थापाले ट्राउटपालनको सोच बनाएका थिए  । पानी परीक्षणपछि प्राविधिकरूपमा उपयुक्त देखिएकाले ट्राउट माछा पाल्न शुरु गरेको उनले बताए  । ट्राउट १२ देखि १८ डिग्रीको तापक्रममा पाल्न सकिन्छ । जापानी प्रजातिको ट्राउट माछा स्वाद र स्वास्थ्य दुवै हिसाबले उत्कृष्ट मानिन्छ । बजारमा पनि ट्राउटको माग बढी छ । मुख्यरूपमा माछापालन गर्ने र सोही ठाउँलाई एग्रो रिसोर्टका रूपमा विकास गर्ने लक्ष्यसहित लगानी गरेको थापाको भनाइ छ । 

रिसोर्ट परिसरमा वनभोजस्थल बनाउने, स्थानीय गुरुङ जातिको परिकार खुवाउने, कला, संस्कृति देखाउनेसम्मको योजना उनीसँग छ । सबै संरचना बनाउँदा झण्डै २७ रोपनी क्षेत्रफल ओगटिने देखिएको छ । एकैसाथ ३० हजार भुरा छाड्न मिल्ने गरी पोखरी निर्माण गरिएको छ । माछापालन र रेष्टुराँ व्यवसायमा अहिले सात जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । “पर्यटकीय हिसाबले पनि यो ठाउँ चिनिने र व्यवसाय पनि सफल हुने देखेर लगानी गरेको हुँ”, थापाले भने । धन कमाउन विदेश ताक्ने युवाहरूको लहरबीच गाउँमै उद्यमी बन्ने उहाँको सोच र लगनको धेरैले प्रशंसा गर्छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies