Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ठेकेदारले खोलाजन्य सामग्री उठाउन लाग्दा स्थानीयले रोके

\"khola\"१२ साउन, कावासोती । यहाँको खोलाबाट ठेकेदारले मौजाद सामाग्री भन्दै खोलाजन्य सामग्री निकासी गर्न लागेपछि स्थानीयले विरोध गरेका छन् । तिलकपुर गाविसमा रहेको भलुही खोलाको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न युएस इन्टर प्राइजेज एन्ड सप्लायर्सले जिल्ला विकास समितिबाट ठेक्का लिएको थियो । ठेक्का अवधि सकिएपछि खोला किनारमा घाटगद्दी गरेर राखेको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न थालेपछि स्थानीयवासीले सोमबारदेखि अवरोध गरेका छन् । जिविसले ठेक्का अवधिकै सामग्री उठाउन बाँकी रहेको भन्दै मौजाद सामाग्री लिन सप्लायर्सका प्रतिनिधिहरु खोलामा आएपछि स्थानीयले नदिएका हुन् । जथाभावी रुपमा सामग्री झिकेर खोलामै घाटगद्दी गरेर राखिएकाले गिट्टी बालुवा निकासी गर्न नदिएको स्थानीयवासी जीवनाथ खनालले बताए । गाउँलेले जथाभावी रुपमा गिट्टी बालुवा झिक्दा गाउँमा पानीको मुहान सुक्ने, बालीनालीलाई समेत असर गर्ने जनाएका छन् । खोलामा मौजाद गरिएको गिट्टी बालुवा झिक्न पुगेका एस्काभेटरमा ढुङ्गा प्रहार गरी सिसा फुटाइदिएका छन् । जिविसले खोलाबाट निकासी हुने वस्तुको मापदण्ड नगरी जति पनि निकासी गर्न दिँदा समस्या भएको गाउँलेको भनाइ छ । स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलसँग मात्र वार्ता हुने भन्दै विरोधमा उत्रिएका स्थानीयवासीले निकासीमा प्रयोग गरिएको ट्र्याक्टरलाई समेत अवरोध गरेका थिए । तर प्रहरीसँग नभई स्थानीय विकास अधिकारीसँग मात्र वार्ता गर्ने अडान स्थानीयवासीले लिएपछि वार्ता हुन सकेको छैन । स्थानीयवासीले आफूहरुका माग पूरा गर्नका लागि जिल्लामै वार्ता गर्ने बताएका छन् । खहरे खोलाबाट सङ्कलित खोलाजन्य सामग्री ठेक्का अवधि सकिएपछि पनि स्टक प्रमाणित भएकाले उनीहरुले उठाउन थालेका हुन् । जिविसले कति मात्रा ढुङ्गा, गिट्टी बालुवा निकासी गर्ने हो भन्ने योजनाबिना नै खोलाको ठेक्का लगाउने अनि एक वर्षको ठेक्काबाट निरन्तर सामग्री लैजानु शङ्कास्पद भएको स्थानीयवासीले बताएका छन् । स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले गाविस सचिव बिदामा भएकाले आएपछि स्थानीयवासीको मागबारे छलफल गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies