क्राइस्टचर्च । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन न्यूजील्यान्डको भ्रमणका लागि आइतबार न्यूजील्यान्डको क्वीन्सटाउन आइपुगेका छन् । उनलाई न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले स्वागत गरेका थिए ।
दुई नेताको लामो समयपछि भएको भेटवार्तामा कोरोनाभाइरस महामारीका कारण लामो समय बन्द गरिएको हवाई यातायातलाई पुनः पूर्ववत रुपमै सञ्चालन गर्ने तथा दुबै मुलुकसँग चीनको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल हुने अनुमान गरिएको छ ।
कोरोनाभाइरसको संक्रमण फैलिएपछि कडा प्रतिबन्ध घोषणा गरेको न्यूजील्यान्डको भ्रमण गर्ने मोरिसन पहिलो विशिष्ट नेता हुन् । छिमेकी यी दुबै देशले गत महिनादेखि क्वारेन्टिनमुक्त यात्रा खोलेका थिए । तर हालै मात्र अस्ट्रेलियाको मेलबोर्नमा कोभिड–१९ को संक्रमण देखिएपछि भिक्टोरिया राज्यबाट हुने उडान प्रभावित भएका छन् ।
न्यूजील्यान्डले यतिबेला क्यान्टरबरी क्षेत्रमा ठूलो वर्षासहितको बाढीको सामना गरिरहेको छ । भिडियो दृश्यहरुमा हेलिकप्टरको सहायताबाट मानिसको उद्धार गरिएको देखाएको छ । बाढीले हजारौं घरपरिवारलाई विस्थापित गर्ने खतरा उत्पन्न भएको छ ।
क्वीन्सटाउनलाई दुबै नेताको भेटघाटका लागि तोकिनुमा यहाँको पर्यटन व्यवसायलाई पुनर्जीवन दिने प्रयास पनि हो । पर्यटकीय नगर क्वीन्सटाउनलाई कोभिड–१९ को महामारीले ज्यादै नराम्रोसँग प्रभावित बनाएको छ । पर्यटन व्यवसायीले अस्ट्रेलियाली पर्यटक यहाँ आउने आशा गरेका छन् ।
दुबै देशका लागि चीनसँगको सम्बन्ध पनि वार्ताको प्रमुख अजेन्डा हुनेछ ।
अस्ट्रेलियासँग चीनको सम्बन्ध निकै कमजोर अवस्थामा पुगेको छ । अस्ट्रेलिया सरकारले चिनियाँ प्रविधि कम्पनी हुवावेको सेवालाई अस्ट्रेलियामा प्रतिबन्ध लगाउने तथा कोरोनाभाइरसको उत्पत्तिका सम्बन्धमा चीनमाथि स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरेपछि चीन र अस्ट्रेलियाबीचको विवाद चुलिएको हो ।
न्यूजील्यान्डले पनि हालैका महिनाहरुमा केही विषयमा चीनको विरोध गर्दै आएको छ । तर चीनसँग अस्ट्रेलियाको भन्दा न्यूजीन्यान्डको सम्बन्ध केही सुमधुर छ ।
न्यूजीन्यान्डकी प्रधानमन्त्री आर्डर्नले मोरिसनसँग कोभिड–१९ को पुनरुद्धारका साथै केही प्रमुख क्षेत्रीय चुनौती एवं सुरक्षा मामिलामा छलफल गर्ने बताए ।
उनले संवाददाताहरुसँग भने, “अस्ट्रेलियासँग हाम्रो सम्बन्ध अत्यन्त प्रगाढ र ज्यादै महत्वपूर्ण छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: