Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

तीन तहका सरकार र किसानको साझेदारीमा उन्नत पशुपालन अभियान कार्य शुरु

खबरडबली संवाददाता

दैलेख । भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उन्नत भैँसीपालन कार्य शुरु गरेको छ । गाउँपालिकाले अहिले उन्नत भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण गरेको छ । सङ्घ, प्रदेश, स्थानीय सरकार र स्वयं कृषकको साझेदारीमा उन्नत पशुपालन कार्यक्रम गाउँमा शुरु गरिएको हो । 

दूध उत्पादन अभियानको पहिलो चरणमा ६८ वटा भैँसी वितरण शुरु गरिएको छ । भैँसी खरिदका लागि सङ्घ सरकारको रु २१ लाख, प्रदेश सरकारको रु २० लाख, स्थानीय सरकारको रु २१ लाख  र स्वयं किसानको रु १८ लाख साझेदारीमा रु ८० लाखको लागतमा उन्नत भैँसीपालन कार्यक्रम शुरु गरिएको हो । उक्त कूल रकमभित्र भैँसीको बिमा गरिएको छ, भकारो सुधार, घाँस उत्पादनका लागि घाँसको बिउ, किसानलाई तालिमलगायतका अन्य प्राविधिक सेवासमेत प्रदान गरिएको छ । उत्पादन भएको दूधको बजारीकरणका लागि पालिकामै चिलिम भ्याट स्थापना गरिएको छ । यसले किसानको आर्थिक अवस्था सुधार गर्न सजिलो हुने देखिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए । 
 
किसानको आफ्नो लगानी भएपछि अपनत्व ग्रहण हुने भएकाले हरेक कार्यक्रम साझेदारीमा सञ्चालन गरिएको अध्यक्ष थापाले बताए । तीन तहका सरकार र किसानसँगको साझेदारीमा काम गरिएकोले भैँसीपालन प्रभावकारी हुने उनको भनाइ थियो । आफूले लगानी नगरेसम्म नहुने भएकोले थोरै भए पनि किसानलाई लगानी गर्ने अभियान पालिकाले थालनी गरेको छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले आवश्यक पर्ने सबै प्राविधिक काममा सहजीकरण गरिदिएको छ । जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत पालिकामा दूध उत्पादन कार्यक्रम शुरु गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बताए । गत वर्ष प्रदेश र स्थानीय सरकारको साझेदारीमा नारायण नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा दूध उत्पादन कार्यक्रम सञ्चालन भइसकेको र किसानले मासिक लाखौँ रुपैयाँ गाउँमा भित्र्याएको उनले बताए  । 

यो अभियानले पालिकालाई दूधमा आत्मनिर्भर बनाएकाले भैँसीसँगै उन्नत गाई पनि वितरणको तयारी थालिएको छ । पहिलो पटक भैँसी वितरण काम शुरु गरेको र नेपालगञ्जबाट लकडाउनको अवधिमा भैँसी ल्याउँदा चुनौती भएको भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले बताए । पालिका स्थापना भएको दोस्रो वर्षमै स्थानीयवासी १४० युवालाई श्रम रोजगार बैंकमार्फत रोजगारी दिएको गाउँपालिकाले यो वर्ष कृषिमा चक्लाबन्दी कार्यक्रमसमेत सञ्चालन गरेको छ । –रासस

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies