बागलुङ । जिल्लालाई ‘सडक मानवरहित’ बनाउने अभियानमा सक्रिय मानव सेवा आश्रमको अब आफ्नै भवन बन्ने भएको छ । आश्रम खुलेको पाँच वर्षपछि बागलुङ नगरपालिका–४ निरयघाटमा भवन निर्माण थालिएको हो ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्याइएको रु ५० लाख बजेटबाट भवनको काम शुरु गरिएको निर्माण समितिका अध्यक्ष एवं आश्रमका अभिभावक शिव खड्काले जानकारी दिए । नगरपालिकाले उपलब्ध गराएको पाँच रोपनी जग्गामा तीनतले भवन बन्न लागेको हो । “बेलैमा बजेट व्यवस्थापन हुन सकेमा आउँदा तीन वर्षभित्रैमा निर्माण पूरा गर्ने लक्ष्य छ”, अध्यक्ष खड्काले भने, “अहिले भुइँतला ढलानको काम भइरहेको छ ।” चालु आवमा प्रदेशबाट आएको बजेटले भ्याउने जति निर्माणको काम हुने बताइएको छ ।
सय जना अट्ने गरी भवनभित्रको संरचना बनाइने भएको छ । योग, ध्यान र प्रशिक्षणका लागि छुट्टै कक्ष हुनेछ । आश्रमका सबै पूर्वाधार खडा गर्दा झण्डै रु दश करोडको बजेट अनुमान गरिएको छ । सङ्घ, प्रदेश सरकार र जिल्लाका स्थानीय तहमा बजेट माग गरिने आश्रमले जनाएको छ ।
नगरपालिकाले यसअघि नै आश्रमको अभिभावकत्व ग्रहण गरिसकेको छ । नगरपालिकाकै पहलमा जग्गाको व्यवस्थापन भएपछि भवन निर्माणको टुङ्गो लागेको थियो । अहिले बागलुङ बजारस्थित अर्कैको घरबाट अस्थायी रुपमा आश्रम सञ्चालित छ । ठाउँ अभावले गर्दा धेरै जनालाई आश्रय दिन नसकिने स्थिति छ । आश्रमले सडकमा अलपत्र दीनदुःखीको उद्धार, पालनपोषण र परिवारसँग पुनर्मिलन गराउँदै आएको छ । आश्रमका संयोजक सुमिरा लामाका अनुसार अहिले ३४ जनाले आश्रय लिइरहेका छन् ।
आश्रम मनोरोग, अपाङ्गता, गरिबीलगायत कारणले सडकमा पुगेका सहयोगापेक्षीको सहारा बन्दै आएको छ । अहिलेसम्म सयौँ सडक मानवलाई उद्धार गरिएको संयोजक लामाले बताए । तीमध्ये कैयनको परिवारसँग पुनर्मिलन भइसकेको छ । “दुःख पाएर सडकमा पुगेको, सहाराविहीन, मनोरोगी आदि भेटिनुभयो भने उद्धार गरी आश्रममा ल्याउँछौँ”, संयोजक लामाले भने । आश्रमले अघिल्लो वर्ष बागलुङलाई सडक मानवरहित जिल्लाका रुपमा घोषणा गर्ने तयारी गरे पनि कोरोनाका कारण लक्ष्य पछाडि धेकेलिएको छ ।
दुई वर्षअघि कालिका भगवती मन्दिर परिसरमा मागेर जीवन गुजारिरहेका सहयोगापेक्षीको उद्धारसँगै उक्त अभियान आरम्भ भएको थियो । मन्दिर परिसर भने ‘सहयोगापेक्षी सडक मानवमुक्त’ क्षेत्रका रुपमा घोषणा भइसकेको छ । ‘सडक मानवरहित बागलुङ’को लक्ष्यमा पुग्न आश्रमले स्थानीय तह, प्रशासन र सामाजिक सङ्घसंस्थासँग हातेमालो गरिरहेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा अलपत्र परेका नागरिकको संरक्षण गर्ने उद्देश्यले स्थानीय अभियानकर्मी तथा स्वयंसेवी युवाको पहलमा विसं २०७२ मा आश्रम खोलिएको थियो ।
सोही वर्ष चार सडक बालबालिकालाई उद्धार गरी पोखरास्थित बालगृहमा पठाइएको थियो । त्यसयता सडकमा मागेर खाने, सडक पेटीमै सुत्ने बालबालिकालाई आश्रमले उद्धार गरिरहेको छ । आश्रमले सहारा नपाएर अलपत्र परेका बालबालिकालाई उद्धार गरी पढाइमा समेत लगाउने गरेको छ । –रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: