Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बेनीको मङ्गलाघाटमा बाढी पसेर कार्यालय भवन सहित बस्तीमा क्षति

रासस

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेको छ । शुक्रबार साँझदेखि परेको बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ । बेनी–अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मंगलाघाट क्षेत्रमा रहेको आठ वटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ । 

भु–तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई/दुई वटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरी तथा सँगै रहेको नर्सरीको भण्डारण भवनमा बाढी पसेको छ । सहायक वन अधिकृत नबिन बिश्वकर्माले सात वटा भवनको भुई तलामा बाढी पसेर हिलाम्मे भएको बताए । “राति दुई बजे बाढी आएपछि भागाभाग भयो”, उनले भने “तर्काउने प्रयास गर्दा गर्दै कोठा भित्रै पसेर हिलाम्मे बनायो ।”

वन डिभिजनको बहुबर्षे र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ । रोप्नका लागी तयार भएका दुई वटा नर्सरीका एक लाख ५० हजार बिरुवा नष्ट भएका छन् । सो ठाउँमा गत वर्षको भदौमासमेत बाढी पसेको थियो । भू–तथा जलाधार संरक्षण कार्यालय म्याग्दी एकाइका प्रमुख शम्भुकुमार मिश्रले गत वर्षको बाढीले थुपारेको माटो ब्यवस्थापन गरेको तीन दिन नबित्दै पुनः बाढी आएको बताए । “बेनी–महारानी थान खण्डको सडक सुधारका लागि निकालिएको माटो पाखोबाट आएको बाढीले बगाउँदा नयाँ ठाउँबाट बाढी बनेर आवास क्षेत्रमा पसेको छ”, उनले भने, “बाढीको पूर्ण निणयन्त्र नहुँदासम्म जोखिम हुने भएकाले आवास स्थानान्तरण गर्नुपर्ने देखियो ।”

सोही ठाउँमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आवास भवन जोखिममा परेपनि क्षति पुगेको छैन् । कृषि ज्ञान केन्द्रको आवास भवन वरपर निर्माण भएको पर्खालले छेकेकाले तुलनात्मक रुपमा कम बाढी पसेको छ । निर्वाचन कार्यालय जाने सडक भत्किएको छ । सरकारी भवन भन्दा पछाडी करिब दश परिवार बसोबास गर्ने मुस्लिम समुदायको सुकुम्बासी बस्ती छ । पाखो र सडकबाट आउने सुरक्षित र व्यवस्थित निकास नगर्ने हो बाढीले क्षति पु¥याउने देखिएको कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy