Ntc summer Offer
Khabar Dabali २० फाल्गुन २०८० आईतवार | 3rd March, 2024 Sun
NIMB

पहिराको जोखिममा बस्ती

रासस

स्याङ्जा । गल्याङ नगरपालिका—३ लल्याङमा रहेको बस्ती पहिराका जोखिममा परेको छ । भार्लेको ठूूलो पहिराको नामले चिनिने सो पहिराका कारण वर्षायामको शुरुआत भएसँगै यस क्षेत्रमा वसोवास गर्दै आएका स्थानीय बासिन्दा त्रसित बनेका हुन् । करीब एक सय घरधुरी रहेको सो क्षेत्रमा पहिरो बस्ती नजिक पुगेपछि स्थानीय बासिन्दामा त्रास छाएको हो ।

पहिरो गएको डाँडाको माथि समथर भूूभाग र उब्जाउपूर्ण जमीनका साथै आँधीखोलाको पानीले सिँचाइको समेत सुविधा भएकाले स्थानीय बासिन्दाले मौसमअनुसारको खेती लगाएर हराभरा बनाएका छन् । यहाँको जमीन धसिदै पहिरो बस्ती नजिकै आएकाले अहिले गाउँले समस्यामा परेका हुन् । स्थानीय युुवा छविलाल भट्टराईले पहिरालाई बेलैमा नियन्त्रण गर्न नसके जोखिमपूर्ण अवस्था आउन सक्ने बताए ।
 
विभिन्न समयमा पहिरो रोकथाम र संरक्षणका लागि कार्यक्रमहरु सञ्चालन भएता पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् । बस्तीको दुुवैतिरबाट खोलाले घेरेको र सो क्षेत्रको भूवनोट कमजोर रहेकाले बस्तीभन्दा धेरै तलबाट वरिपरिको पूरै जमीन धस्केको र ठाउँठाउँमा पहिरो निरन्तर गएकाले बस्ती थप जोखिममा परेको हो ।

पहिराका कारण बस्तीको वरिपरि रहेका खेतहरुमा समेत ठूलाठूूला धाँजा फाटेको स्थानीय नेत्रप्रसाद अर्यालले बताउनुुभयो । सो क्षेत्रको जमीन अत्यन्त कमजोर माटाले  बनेको र यस क्षेत्रमा चलायमान माटो रहेकाले वस्तीका साथै आँधीखोला जलविद्युुत् गृहमा समेत असर पर्ने देखिन्छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies