Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हवाईजहाजको पर्खाइमा टीकापुर विमानस्थल

खबरडबली संवाददाता

भजनी । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गथ्र्यो । जुन बेला सुदूरपश्चिमका पहाडी जिल्लामा यातायातको पहुँच अहिलेको जस्तो सहजरूपमा पुग्न सकेको थिएन । पहाडी जिल्लामा यात्रा गर्ने नागरिकका लागि  हवाईमार्फत वा पैदलबाटै यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको थियो । कैलालीबाट पैदल जाँदा अछाम पुग्न कम्तीमा तीन दिन लाग्थ्यो । यातायातको पहुँच बाजुरा, अछाम र त्यतिबेला डोटीको दिपायलसम्मका लागि मात्र थियो ।

टीकापुरमा रहेको विमानस्थल सञ्चालनका लागि मालपोत कार्यालयमा घरजग्गाको किनबेच हुँदा नागरिकस्तरबाट एक प्रतिशत रकम सङ्कलन गरी प्रक्रिया अगाडि बढाइरहेको थियो । त्यसरी विमानस्थल सञ्चालक समितिले गरेको कामले केही समय काम पनि ग¥यो । सशस्त्र द्वन्द्वपछि हवाईजहाजको पर्खाइमा बसेका टीकापुरवासीलाई त्यो सपना मात्रै भयो ।

देश शान्ति प्रक्रियामा गइसकेपछि विमानस्थल अतिक्रमणमा प¥यो । त्यहाँ सयौँ घरटहरा बने । अन्ततः विमानस्थल सञ्चालनमा ल्याउने सबै सरोकारवालाको सहमतिपछि मुक्त कमैया सुकुम्बासीलाई त्यहाँबाट स्थानान्तरण गरियो । विमानस्थल खाली भयो । विमानस्थल खाली गराउँदा पनि करोडौँ रुपैयाँ खर्च भएको तत्कालीन विमानस्थल सञ्चालक समितिका अध्यक्ष टीकाराम जैशीले बताए । 

विमानस्थल खाली भएपछि पुनःसंरचना निर्माणको काम सम्पन्न भई परीक्षण उडानसमेत गरिएको थियो । परीक्षण उडानका क्रममा विमानस्थल आसपासमा थपिएका घरका कारण हवाईजहाज अवतरणमा कठिनाइ भएको भन्दै त्यसपछि न त हवाईजहाज नै आयो न त टीकापुरवासीको सपना नै पूरा भयो ।

“विमानस्थल सञ्चालनका लागि धेरै प्रयास गरेका हौँ, तर सबै प्रयास असफल भए”, टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले भने, “कैयौँपटक डेलिगेशन गयौँ, महोत्सवमा त्यही विमानस्थल सञ्चालनका लागि भन्दै सरकारसँग मागसमेत ग¥यौँ, तर आश्वासन मात्रै आयो ।”

विसं २०७६ मा टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको टीकापुर महोत्सवको उद्घाटनमा आएका तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग त्यही एउटा माग पेश गरिएको थियो । उक्त मागको सम्बोधन गर्दै मन्त्री भट्टराईको रोहवरमा विमानस्थलको अध्ययनका लागि टीकापुरमा विज्ञ टोली आई अध्ययनसमेत गरिएको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताए । 

“ठूलो जहाजका लागि अहिलेको विमानस्थल सानो भएका कारण हामीले सबै सरोकारवालासँगको सर्वदलीय छलफलबाट विमानस्थलको जग्गालाई रङ्गशाला र खेलकूद विकास समितिको जग्गालाई विमानस्थलका रूपमा सट्टापट्टा गर्ने सहमति भएको थियो”, नगरप्रमुख रावलले भने, “त्यहीअनुसार मन्त्रालयबाट आएको अध्ययन समितिले अध्ययन गरी फर्केको थियो, तर अध्ययनको फाइल समितिले विभागमा पेश गरेको रहेनछ ।”

उनले मन्त्रालयमा बुझ्दा फाइल नै पेश नभएका कारण कुनै पनि काम अगाडि बढाउन नसकिएको भन्ने प्रतिक्रिया आएको जनाउँदै जग्गा सट्टापट्टा गर्दा दुवै मन्त्रालयसँग समन्वय गर्नुपर्ने भएको हुँदा पनि समस्या देखिएको बताए । नगरप्रमुख रावलले जग्गा सट्टापट्टाको काम भएपछि विमानस्थल निर्माणको काम अगाडि बढ्ने जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies