Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र

रासस

राजविरज । सप्तरीको सदरमुकाम राजविराजस्थित   हटिया बजार व्यवस्थित गर्न निर्माण शुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ । 

राजविराज बजारलाई व्यवस्थित गर्नका लागि शुरु गरिएको दुईतले शपिङ कम्प्लेक्स निर्माण गर्न बजेट अभाव रहेको भन्दै करीब पाँच÷छ महिनादेखि काम बन्द रहेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए ।

उनले भने, “शहरी विकास मन्त्रालयले राजविराजस्थित हटियामा निर्माण भइरहेको  शपिङ कम्प्लेक्स निर्माणका लागि बजेट नदिएको भन्दै बाध्य भएर अहिले सबै काम ठप्प गरिएपछि  कामकाज अलपत्र अवस्थामा छ ।” 

मन्त्रालायबाट बजेट दिएपछि पुनर्निर्माण गर्ने भन्दै अहिले कोरोना महामारीको कारण देखाउँदै निर्माण कम्पनीले समेत भवन निर्माण अवरुद्ध गरेपछि कामकाज ठप्प रहेको उनको भनाइ छ । दुई महिनादेखि बन्दाबन्दीका कारण अवरुद्ध रहेको हटिया बजार व्यवस्थित गर्ने निर्माणको काम अहिलेसम्म शुरु गरिएको छैन । 

नगरपालिकाले वडा नं ७ हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन शहरी विकास कार्यक्रमअन्तर्गत पाएको कूल रु ३५ करोडअन्तर्गत रु १९ करोडको लागतमा त्यसलाई व्यवस्थित गर्न दुईतले शपिङ कम्प्लेक्स निर्माणको काम शुरु गरेको थियो । अहिले शहरी विकास मन्त्रालयले समयमा बजेट नदिएकाले अभावमा यहाँको निर्माण अलपत्र अवस्थामा रहेको नगरवासीको भनाइ छ ।   a

राजविराज हटिया व्यवस्थित गर्नका लागि कूल ३०८ कोठा रहने गरी दुईतले भवन निर्माण तीन वर्षभित्र गर्नुपर्ने थियो । दुई वर्ष बिते पनि निर्माण कार्य अहिलेसम्म सकिएको छैन । त्यसअनुसार भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोशन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण कार्य थालिएको थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending