Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै

रासस

काठमाडौँ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ । 

आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेडवर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यससँगै स्थानीयवासीले माग गरेको सडक निर्माणको प्रक्रिया अघि बढाइने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । आयोजनाअन्तर्गत पहुँच सडक निर्माण भइरहेको छ । सडक सम्पन्न भएपछि मात्रै सुरुङ र हेडवर्कको ठेक्का लाग्ने उनले बताए । उनले भने, “सडक नबनेसम्म सुन्दरीजलमा काम गर्न सकिने भएपनि याङ्ग्री वा लार्के खोलामा गर्न सकिँदैन ।”

आयोजनाको पहिलो चरणअन्तर्गत अहिले मेलम्ची खोलामा ‘हेडवर्क’ निर्माण भइरहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलामा छुट्टाछुट्टै ‘हेडवर्क’ बनाउनुपर्ने प्रवक्ता पन्तले बताए  । त्यस्तै दोस्रो चरणमा कम लम्बाइका दुई सुरुङसमेत निर्माण गर्नुपर्ने हुन्छ । डिजाइनअनुसार शुरुमा लार्केबाट दुई किमी सुरुङ बनाएर याङ्ग्री खोलामा पानी खसालिन्छ । याङ्ग्रीबाट पनि अर्को सुरुङ बनाएर त्यो पानी मेलम्चीमा खसालिने उनले भने । याङ्गीबाट मेलम्चीसम्मको सुरुङको लम्बाई नौ किमी रहेको छ । उहाँले भन्नुभयो, “दुबै सुरुङ बनेपछि दुबै खोलाको पानी मेलम्चीमा मिसिने छ ।” 
मेलम्ची खोलाबाट सुन्दरीजलसम्मको सुरुङको लम्बाई २७ किमी छ । यो सुरुङभन्दा दोस्रो चरणमा निर्माण हुने सुरुङहरुको लम्बाई कम हुने भएकाले कम समयमा सकिने प्रवक्ता पन्तले बताए । त्यस्तै, पहिले सुरुङ निर्माणको अनुभव नभएपनि अहिले अनुभव भएको उनले बताए  । उनले भने,  “स्रोत उपलब्ध भएमा धेरै समय लाग्दैन ।” 

दोस्रो चरणको निर्माणस्थल याङ्ग्रीसम्म पुग्न २५ किमी पहुँच सडक निर्माण गत वर्ष शुरु भएको थियो । सडक विभाग र समिति दुबैले स्तरोन्नतिको काम गरिरहेका छन् । सडक विभागले भइरहेको सडकको स्तरोन्नति गरिरहेको छ । समितिले झण्डै १० किमी र विभागले १५ किमी सडक निर्माण गरिरहेको छ । गत आवमा निर्माण शुरु भएकामा आगामी आवमा सकिने प्रवक्ता पन्तले बताए । सडक निर्माण भइरहँदा याङ्ग्री र लार्केमा हेडवर्क वा सुरुङ निर्माण नसकिए पनि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने उनले बताए  ।  

दोस्रो चरणमा आयोजना निर्माणस्थलमा अहिले क्याम्प बनाउने, मुआब्जा बाँड्ने, वातावरण व्यवस्थापनलगायतका काम भइरहेको छ । अघि नै अध्ययनको काम भइसकेको छ । पहिलो चरणमा एशियाली विकास बैंकको सहयोगमा आयोजना निर्माण भएकामा बैंकले दोस्रो चरणको निर्माणमा समेत चासो देखाएको छ । 

चालु आवमा मेलम्ची खोलाको पानी वितरण शुरु भएकामा सरकारले आगामी आवमा सोही आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट काठमाडौँ उपत्यकामा पानी ल्याउन आवश्यक पूर्वाधार निर्माण अघि बढाउने योजना बनाएको छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप १७÷१७ गरी ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । आगामी आवमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरिएको छ । 

सरकारले आगामी आवमा काठमाडौँ उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गर्ने योजना बनाएको छ । पहिलो चरणमा चार थोक प्रणालीबाट ११३ किमी नयाँ वितरण लाइन थप गरी एक लाख १० हजार घरधुरीमा पानी वितरण गरिने बजेट बक्तव्यमा उल्लेख छ । त्यस्तै, दोस्रो चरणको पानी वितरणका लागि कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका स्थानमा संरचना निर्माण अघि बढाइने छ । सो कामका लागि सरकारले रु चार अर्ब ७९ करोड विनियोजन गरेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies