Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

जलविद्युत् आयोजनासँगको विवादले सिँचाइ आयोजना अन्योलमा

रासस

खोटाङ । रावाबेँसी गाउँपालिकामा सञ्चालन हुन लागेको जलविद्युत् आयोजना र सिँचाइ योजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको छ । दूधकोशी पावर कम्पनी प्रालिको प्रवद्र्धनमा सञ्चालन हुने ६.५ मेगावाटको रावाखोला जलविद्युत् आयोजना र वडा नं ६ हौँचुरस्थित हौँचुर गरा सिँचाइ आयोजनाबीचको विवादले सिँचाइ आयोजनाको काम अलपत्र परेको हो ।

हौँचुरबेँसीका करिब १०१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने सिँचाइ आयोजनाका लागि बोलपत्र आह्वानको म्याद दोस्रोपल्ट थप गर्दासमेत विवाद हल हुन नसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताए । सिँचाइ आयोजनाको बोलपत्र (ठेक्का) आह्वान भएपछि जलविद्युत् आयोजनालाई असर पर्ने भन्दै दूधकोशी पावर कम्पनीले सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया अघि नबढाउन निवेदन दिएपछि सिँचाइ आयोजनाको काम शुरु नहुँदै झमेलामा फसेको हो ।

हौँचुरमा सिँचाइ प्रणाली पुनःस्थापना आयोजना कुवेत फण्ड (आइएसआइपी–केएफएइडी)अन्तर्गत रु पाँच करोड चार लाखको हौँचुर–गरा सिँचाइ आयोजनाको काम अघि बढाइएको थियो । विसं २०७६ मा विस्तृत आयोजना प्रतिवेदन तयार पारिएको सिँचाइ योजनाको काम २०७९ असारसम्ममा पूरा गर्नुपर्ने म्याद छ । आयोजनाका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत चैत ३१ गते बोलपत्र आह्वान गरेको थियो । जलविद्युत् आयोजना र हौँचुर–गरा सिँचाइ आयोजनाका लागि एउटै मुहान रावाखोला भएपछि विवाद शुरु भएको हो ।

जलविद्युत् आयोजनाको मुहान सिँचाइ आयोजनाको भन्दा केहीमाथि रहेको बताइएको छ तर सिँचाइ आयोजनाले जलविद्युत् आयोजनालाई असर गर्ने दूधकोशी पावर कम्पनीका अध्यक्ष प्रेम लामाले बताए । सिँचाइ आयोजनाका लागि कार्यक्रम तथा बजेट स्वीकृत गराएर निर्माण प्रक्रिया अघि बढाउने सहमति लिएसँगै वडा कार्यालय हौँचुरले गत वैशाख २७ गते ठेक्का प्रक्रिया अघि नबढाउन सिफारिस गरेको थियो । दुई आयोजनाबीच विवाद चर्किँदै गएपछि वैशाख २७ गते सिँचाइ योजनाले जलविद्युत्लाई असर गर्ने÷नगर्ने सत्यतथ्य पत्ता लगाउन रावाबेँसी गाउँपालिकाले लिखित पत्राचार गरेको थियो ।

उपभोक्ता समितिसँग योजना सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको तथा बोलपत्र आह्वान भइसकेको अवस्थामा हालसम्म सो सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया रोक्का रहेको छ । दुई आयोजनाबीच चुलिएको विवाद समाधानमा भने हालसम्म कसैको पहलकदमी देखिएको छैन । वडा कार्यालय हौँचुर र गाउँपालिकाले पठाएको पत्रका आधारमा जलविद्युत्लाई पर्ने असरका बारेमा सम्बन्धित पक्षसँग समन्वय, छलफल र परामर्श गरी सात दिनभित्र सत्यतथ्य जानकारी दिन डिभिजन कार्यालयले वैशाख २९ गते उपभोक्ता समितिलाई पत्राचार गरेको थियो । त्यही बीचमा जेठ ६ गते वडा कार्यालय हौँचुरले सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया अघि बढाउन डिभिजनमा पत्राचार गरेको थियो ।

डिभिजन कार्यालयमा वडाको पत्र आएको भोलिपल्टै जलविद्युत् आयोजनाले गाउँपालिकालाई सिँचाइ आयोजनाको ठेक्का प्रक्रिया स्थगन गर्न सिफारिस गरेको थियो । विवाद लम्बिँदै गएपछि सिँचाइ उपभोक्ता समितिले ठेक्काको म्याद सात दिन थप गरिदिन भन्दै जेठ २० गते डिभिजनसमक्ष माग गरेको प्रमुख ज्ञवालीले बताए ।

विसं २०३८ मा निर्माण शुरु गरेर २०३९ मा पूरा गरिएको सिँचाइ योजनाले ओगटेको जग्गालाई विसं २०४१ मा नापी नक्सामा कायम गरिएको उपभोक्ता समितिको दाबी छ । हौँचुर–गरा सिँचाइ आयोजना नयाँ योजना नभई पुरानो कुलोलाई प्रणालीमा सुधार गर्न मात्र लागिएको सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लीलाध्वज केसीले बताएका छन्  ।

सिँचाइ कुलो स्थगन फुकुवाको माग गर्दै जेठ ९ गते गाउँपालिकासमक्ष माग गरेको उपभोक्ता समितिले जेठ १६ गते विज्ञप्ति जारी गरेको थियो । दूधकोशी पावर कम्पनी प्रालिका अध्यक्ष लामाले भने नामनिशानै नभएको कुलोको कुरा निकालेर करोडौँको लगानी फसिसकेको जलविद्युत् आयोजनामा विवाद झिकेको आरोप लगाए ।

जलविद्युत् आयोजनालाई बिगार्ने नियत देखिएकाले जलविद्युत् र सिँचाइ आयोजनामध्ये कुनै एउटा मात्र आयोजना सञ्चालन गर्न सकिने अध्यक्ष लामाको भनाइ छ । जेठ १८ गते गाउँपालिकामा भएको बैठकमा पनि सिँचाइ योजनाको ठेक्का प्रक्रिया रोक्का राख्ने निर्णय भएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies