Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

धुलिखेललगायत चार अस्पताललाई शाङ्पा फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

रासस

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताललगायत अन्य ठूला चार अस्पताललाई शाङ्पा फाउण्डेशन नेपालद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना भाइरस दोस्रो लहरको प्रभाव परिरहेको बेला सङ्क्रमितको उपचारमा थप सहयोग प्रदान गर्नका लागि साङ्घाई जेड बुद्ध मन्दिर (चाइना), साङ्घाई जु क्वान कल्चर एण्ड एजुकेशनल फाउण्डेशन (चाइना) र तन ङक बुय एण्ड की मेङ्कलङ फाउण्डेशन (सिङ्गापुर)को सहयोगमा साङ्घाई फाउण्डेशन नेपालद्वारा धुलिखेल अस्पताललगायत अन्य अस्पताललाई सो सामग्री हस्तान्तरण गरिएको हो ।

कोरोना सङ्क्रमणको कठिन समयमा नेपाली जनताको जीवन बचाउनका लागि शाङ्पा फाउण्डेशन नेपालको सक्रियतामा आवश्यक स्वास्थ्य सामग्री सहयोग पु¥याएको फाउण्डेशनले जनाएको छ । उपलब्ध सामग्रीमा ५०० थान अक्सिजन कन्सन्ट्रेटर, पाँच हजार थान डिस्पोजेबल अक्सिजन मास्क,  २३ हजार ४७५ थान एन–९९ र एन–९५ मास्क, १२ हजार थान ग्लोब्स, दुई हजार १८० गगल्स, आठ हजार ३९८ किटनाशक बोतल र एक हजार २०० थान पिपिइ सेट रहेको छ । बेइजिङस्थित नेपाली राजदूतावास, साङ्घाईस्थित नेपालको वाणिज्य दूतावास र धुलिखेल अस्पतालको समन्वयमा ती सामग्री प्राप्त भएको शाङ्पा फाउण्डेशनका अध्यक्ष शाङ्पा रिन्पोछेले बताए । यस्तो परिस्थितिमा परोपकारी सहयोगका लागि सहयोगी दातालाई धन्यवाद व्यक्त गर्दै सबैको सहयोगबाट मात्रै अपरिहार्य सहायता र चिकित्सा आपूर्तिको समयमा नै वितरण सम्भव हुने उनले बताए  । यसअघि पनि सो संस्थाले विसं २०७२ को विनाशकारी भूकम्प र कोभिड–१९ को पहिलो लहरमा पनि मानवीय सेवाका कार्यमा सक्रिय भूमिका खेल्दै आएको फाउण्डेशनका अध्यक्ष रिन्ेपोछेले बताए ।

सहयोग हस्तान्तरणका लागि फाउण्डेशनका निर्देशक प्रकाश भट्ट र प्रतिनिधि खेन्पो टासीको उपस्थितिमा  धुलिखेल अस्पताल पुगेर हस्तान्तरण गरिएको हो । सोही क्रममा प्राप्त सामग्री धुलिखेल अस्पतालबाट कीर्तिपुर अस्पताल, लुम्बिनी अस्पताल र पोखरामा ट्रपिकल र सङ्क्रामक रोग अस्पताललाई समेत सोही अवसरमा हस्तान्तरण गरिएको फाउण्डेशनले जनाएको छ । यसरी ठूला चार अस्पतालमा गरी फाउण्डेशनले रु पाँच करोड १२ लाख ८० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ । नेपालमा शाङ्पा फाउण्डेशन नेपालले सन् २००६ देखि निरन्तर मानव सेवाको क्षेत्रमा काम गर्दै आएको छ ।

रोशी अस्थायी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी अस्थायी अस्पताल (कोभिड अस्पताल)का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट उपलब्ध स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । निवर्तमान सङ्घीय सांसद गङ्गाबहादुर तामाङको समन्वयमा प्राप्त सामग्री अस्पतालका व्यवस्थापन समिति अध्यक्ष गणेश लामालाई सोमबार हस्तान्तरण गरिएको हो ।

रोशी गाउँपालिका–१, २, ३ र ४ लाई लक्षित गरी रोशी गाउँपालिकाले सञ्चालनमा ल्याएको सो अस्पतालले नजिकको बेथानचोक गाउँपालिका–६ र नमोबुद्ध नगरपालिका–९ र ८ को तल्लो क्षेत्रका बासिन्दालाई समेत सेवा दिँदै आएको छ । सङ्क्रमित बिरामी उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउन आवश्यक रहेको अवस्थामा सांसद तामाङको समन्वयमा सो स्वास्थ्य सामग्री प्राप्त भएको अस्पतालले जनाएको छ । प्राप्त सामग्रीमा अक्सिजन सिलिण्डर तीन थान, पल्स अक्सोमिटर दुई थान, एन्टिजेन किट ५० थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, थर्मलगन एक थान, सर्जिकल मास्क दुई हजार थान, डिस्पोजेवल भिजिटर ज्याकेट १०० थान, बुटसेट १० थान, पिपिइ १० थान, सर्जिकल ग्लोब्स १५० जोर, के–९९ मास्क २०० थानलगायत डिस्पोजेवल ग्लोब्स, फेसशिल्डलगायतका सामग्री छन् ।

कोभिडको सङ्क्रमण गाउँगाउँमा फैलिरहेको अवस्थामा ग्रामीण क्षेत्रमा परीक्षण दरलाई विस्तार गर्न र उपचारमा सहजता प्रदान गर्नका लागि जिल्लाको विकट र पहुँचभन्दा टाढा रहेको पालिकाले सञ्चालन गरेको अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव रहेकाले आफ्नो पहलमा ती सामग्री मन्त्रालयबाट उपलब्ध गराएको निवर्तमान सांसद तामाङले बताए  । तामाङको पलहमा यसअघि जिल्लाको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकास्थित धुसेनी शिवालय प्राथमिक अस्पताल र डिसीडब्लुसी अस्पतालका लागि अक्सिजन सिलिण्डर १० थानलगायत महत्वपूर्ण औषधि गाउँपालिकालाई उपलब्ध गराएका थिए  । 
 
त्यसैगरी सो अस्पताललाई नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला कमिटीबाट आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । माओवादी केन्द्रका नेता मिमबहादुर वाइबाको नेतृत्वमा नेकपा माओवादी केन्द्र प्रवास कमिटीबाट प्राप्त स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies