Ntc
Khabar Dabali २० जेष्ठ २०८० शनिबार | 3rd June, 2023 Sat

तत्कालै सहयोग नपुगे इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा

रासस

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।

युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ । संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ । यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पु¥याउन सकिएको छैन । ती बालबालिका र उनीहरुका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पु¥याउनु पर्ने बताइएको हो ।

युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पु¥याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरुमा आग्रह गरेका छन् ।

उनले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका बताए । उनले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरुको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पु¥याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिएका हुन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँको गोगंबुबाट दुई जना पाकेटमार पक्राउ

काठमाडौँ । सार्वजनिक यातायातमा पाकेटमारी गरेर भाग्दै गरेको अवस्थामा काठमाडौँको गोगंबुबाट दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ प...

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकाश सु...

प्रधानमन्त्री प्रचण्डले गरे इन्दोरस्थित फोहर व्यवस्थापन केन्द्रको अवलोकन

इन्दोर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतको मध्यप्रदेशको इन्दोरमा रहेको फोहर व्यवस्थापन केन्द्रका अवलोकन गरेका छन् ...

रास्वपाकी सांसद सोविताले सुटुक्क विवाह गरेर पुगिन जापान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विवाह गरेकी छिन् । उनले केहीदिन अघि विवाह गरेर जापान गएको बुझिएको छ ।   उनले...

एमाले सचिवालय बैठकः १३ जना केन्द्रीय सदस्य थप्ने निणर्य

काठमाडौं । नेकपा(एमाले)को सचिवालय बैठकले १३ जना केन्द्रीय सदस्य थपेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठक १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय ...

नक्कली भुटानी शरणार्थी प्रकरणः सबैजनाको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै जनाको बयान सकिएको छ । शुक्रबार तीन जनाको बयान लिएसँगै सबैको बयान सकिएको जिल्ला सरकारी ...

म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाको सहयोग

काठमाडौं । म्यान्मारका चक्रवात पीडितलाई कम्बोडियाले तीन लाख अमेरिकी डलर प्रदान गरेको छ । मोचा चक्रवातबाट प्रभावित भएकाहरूको सहयोगार्थ उक्त रकम आज प्रद...

अफगानिस्तानमा सहयोग सघन बनाएर सौम्य शक्ति विस्तार गर्दै भारत

काठमाडौं । दुई दशक लामो द्वन्द्वले तहसनहस भएको अफगानिस्तानमा भारतले आफ्नो सौम्य शक्ति ९सफ्ट पावर०लाई बढाउँदै गएको छ । इरानमार्फत काबुललाई उल्लेख्यमात्...

‘वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण आवश्यक छ’

काठमाडौं ।  पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ ।  उक्त संस...

बिआरआई अन्तर्गतका केही आयोजना अनुदानमा निर्माण गरिदिन चीनसँग प्रस्ताव गरेका छौँः अग्नि सापकोटा

काठमाडौं ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देशका रुपमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) ...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page