Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

तीन वर्षदेखि एउटै सडकमा पटकपटक गरी ५६ लाख खर्च, सडकको अवस्था अझै नाजुक

खबरडबली संवाददाता

जलेश्वर । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं.३(ख) बाट प्रदेशसभा सदस्य रानीकुमारी तिवारीले तीन वर्षदेखि एउटै सडकमा रु ५६ लाख हालेर लाखौं रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ । सांसद तिवारीले तीन आर्थिक वर्षदेखि एउटै सडक बनाउने योजनामा पटकपटक गरी ५६ लाख रुपैया खर्च गरिसके पनि अझै सो सडकमा पानी जमेको छ ।

उहाँले जिल्लाको एकडारा गाउँपालिका–४ चकवा गाउँमा सडक बनाउने नाउँमा ठूलो रकम खर्च गरिसकेको भएपनि सो सडकमा अझै पानी रहेको छ । यस सडकमा एउटा साइकल पनि चल्न नसक्ने अवस्था रहेको छ भने पैदल यात्रु समेतलाई आवतजावत गर्न सास्ती झेल्नु परेको स्थानीय ललित नारायण मिश्रले आरोप लगाए । 

प्रदेश साँसद तिवारीले सो ठाउँमा ठूलो सरकारी रकमको दुरुपयोग गरी  व्यक्तिगत पोखरीमा लगानी गरेर पोखरी संरक्षण गरिदिएको र ठूलो कमिशन खाएको स्थानीयहरु आरोप लगाउँछन् । 

उपभोक्ता समिति बनाएर प्रदेश सांसद तिवारीले सो पोखरीमा पर्खाल निर्माणका लागि पहिलो पटक रु २१ लाख, दोस्रो पटक रु १६ लाख र तेस्रो पटक रु १५ लाख तथा पार्किङ्ग र जाली हाल्नका लागि रु।तीन÷तीन लाख गरी जम्मा रु ५६ लाख लगानी गर्नुभएको स्थानीयवासी उपेन्द्र यादवले बताए ।

सो पोखरी धनीहरु जलेश्वर नगरपालिका–१ बस्ने रामजतन साह र दिनेश साहले प्रदेश सांसद तिवारीले आफ्नो पोखरीको संरक्षण नभएर अतिक्रमण गरी आफ्नो व्यक्तिगत सम्पति सडमा मिचेको आरोप लगाएका छन् । उनीहरले  प्रदेश सांसद तिवारीले सो पोखरीमा सडक निर्माणका लागि नभएर आफ्नो कार्यकर्ता पाल्नका लागि बजेट लगानी गरेको र ठूलो रकमको भ्रष्टाचार गरेको आरोप लगाए । 

यस सम्बन्धमा प्रदेश सभासदस्य तिवारीसँग सोधपुछ गर्दा उनले चकवाबासीसहित त्यस क्षेत्रका जनतालाई सो सडक भएर आवतजावत गर्न निक्कै कठिनाइ भइरहेको बेला आफूसँग त्यस सडकमा केही बजेट हालेर सडक निर्माण गरिदिन आग्रह गर्दा आफूले त्यहाँ लगानी गरिदिएको बताए । उनले  आफूले विभिन्न मन्त्रालय तथा कार्यालयसँग समन्वय गरेर त्यहाँ सडक निर्माण र मन्दिर संरक्षण गर्ने उद्देश्यले पोखरीमा पर्खाल निर्माण गरेको बताउनु हुँदै कसैको व्यक्तिगत पोखरी संरक्षण नगरेको तर्क प्रस्तुत गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy