चितवन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थामा केन्द्र (डिसिएमसि)को बुधबार सम्पन्न बैठकले आज रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।
निषेधाज्ञा थप गर्दा यसअघि जारी आदेशलाई निरन्तरता दिएको छ । आदेशले डिपार्टमेन्ट स्टोर्स खुल्न पाउने उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले खाद्यान्न विक्री वितरण गर्ने डिपार्टमेन्ट स्टोर्स खोल्न दिने निर्णय भएको जानकारी दिए । यसअघिको निषेधाज्ञालाई नै यथावत राखिए पनि डिपार्टमेन्टल स्टोर्सका हकमा केही खुकुलो बनाइएको छ । पुस्तक पसल स्वास्थ्य मापदण्डको पालना गर्दै खोल्नुपर्ने आदेशमा उल्लेख छ । मृत्यु संस्कारमा जाँदा २५ जना भन्दा बढी सहभागी नहुन, रासायनिक मल तथा कृषि बीउबिजन विक्री वितरण गर्ने पसल सञ्चालन गर्न पाइने जनाइएको छ । सवारी साधन मर्मत केन्द्रमा तीनजना भन्दा बढी नराखी काम गराउनुपर्ने जनाइएको छ ।
चितवनमा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्लामा हालसम्म १५ हजार १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४२९ जना सक्रिय सङ्क्रमित हुन् । सक्रिय सङ्क्रमितमध्ये १२९ को अस्पतालमा उपचार भइरहेको छ भने अन्य सार्वजनिक आइसोलेशन तथा होम आइसोलेशनमा रहेका छन् । कोरोनाका कारण यस जिल्लामा २५२ जनाको मृत्यु भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०७९ - १७:२५
काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ । त्रिभुवन अन्तरराष्ट्...
आषाढ़ १० गते, २०७९ - १७:११
खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया ...
आषाढ़ १० गते, २०७९ - १६:५१
मस्को । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्...
आषाढ़ १० गते, २०७९ - १६:३२
सिद्धार्थनगर । गृहमन्त्री बालकृष्ण खाणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ...
आषाढ़ १० गते, २०७९ - १६:१५
लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै दे...
आषाढ़ १० गते, २०७९ - १५:५८
किएभ । युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा रूसले आपूर्ति मार्गहरू अबरूद्ध गर्ने योजना बनाएको छ । युद्धले अनिश...
आषाढ़ १० गते, २०७९ - १५:११
काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सा...
आषाढ़ १० गते, २०७९ - १४:५८
वालिङ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिकरुपमा ड्रागनखेती सुरु भएको छ । वालिङ नगरपालिका–१ का कृष्णप्रसाद ढुङ्गानाले गत फागुनदेखि व्यावसायिकरुपमा...
आषाढ़ १० गते, २०७९ - १४:४५
लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा द...
आषाढ़ १० गते, २०७९ - १४:१३
वासिङटन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा व...
प्रतिकृया लेख्नुहोस्: