भक्तपुर । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टिजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका छन् ।
नगरपालिकाभित्र १० हजार व्यक्तिको एन्टिजेन तथा पिसिआर परीक्षण गर्ने, परीक्षणमा सङ्क्रमण देखिएकालाई बोडेस्थित नगरपालिकाको आइसोलेशन कक्षमा निःशुल्क राख्ने र उपचारको आवश्यकता परेकालाई नगरपालिकाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरे पनि परीक्षणमा भने लक्ष्यभन्दा ९० प्रतिशत जनसहभागिता घटेको छ ।
अस्पतालको व्यवस्थापन तथा नगरपालिकाको खर्चमा गरिएको परीक्षणमा १० हजारको परीक्षण गर्ने लक्ष्य राखे पनि एक हजार ३०८ जनाको मात्रै परीक्षण भएको छ । नगरवासीलाई परीक्षणका लागि सार्वजनिक रुपमा आह्वान गरेको, सञ्चारमाध्यम र माइकिङ गरेर जानकारी गराइएको भए पनि परीक्षणमा जनसहभागिता निकै कम भएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले कूल परीक्षणको ३.६६ प्रतिशत पोजेटिभ रिपोर्ट आएको बताए ।
“हामीले नगरपालिकामा कोभिडको अवस्थाबारे एउटा रिसर्च पनि होस् र नगरपालिकाको अवस्था कस्तो छ, कति जोखिम छ भनेर जानकारी लिन सकियोस् भनेर नेपालमै पहिलोपटक समुदायस्तरमा यति ठूलो परीक्षणको कार्यक्रम राख्यौँ”, नगरप्रमुख श्रेष्ठले भने, “तर जनसहभागिता निकै कम भयो, त्यसैले फेरि एक पटक यस्तो परीक्षण गर्नेबारेमा जनप्रतिनिधिबीच छलफल भएको छ, अहिले भने परीक्षणमा पोजेटिभ आएका सबैको उपचार नेपाल कोरिया अस्पतालमा निःशुल्क गर्नेछौँ ।”
नगरपालिकाले वडागत रूपमा नौ थरी रङको कार्ड वितरण गरिएको जानकारी दिँदै यो कार्ड लिएर आउनेलाई अस्पतालमा अन्य सेवामा पनि १० प्रतिशत थप छुट दिने व्यवस्था गरेको उनले बताए । नगरपालिकाले आफ्ना नागरिकका लागि कोरोना सङ्क्रमितको निःशुल्क उपचारदेखि परीक्षणमा सहभागी हुने सबैलाई कुनै पनि उपचार वा स्वास्थ्य सेवामा नगर अस्पतालले १० प्रतिशत छुट दिने व्यवस्था गर्दा पनि किन जनसहभागिता कम भयो यसबारे जानकारी लिएर अर्को परीक्षणको कार्यक्रम सार्वजनिक गरिने नगरपालिकाका प्रवक्ता केशव सिलवालले जानकारी दिए ।
नगरपालिकामा कतिपय नागरिकले परीक्षणको आवश्यकता नभएको, कतिपयले अझै पनि सङ्क्रमण देखिएला भन्ने डरका कारण, कतिपयले परीक्षणकै क्रममा कोरोना सर्छ भन्ने गलत हल्ला र कतिपयले कुन प्रयोजनका लागि परीक्षण भइरहेको छ भन्ने पूर्ण जानकारी नपाउँदा जनसहभागिता कम भएको पाइएको बताइएको छ ।
परीक्षणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य मन्त्रालयका सिसिएमसीका प्रमुख विशेषज्ञ डा। महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा।राजेश सम्भाजीराव, प्राडा अरूण, डा।दिवेश कर्माचार्यसहितको टोलीले विभिन्न केन्द्रमा गएर अनुगमन तथा निरीक्षण गरेको थियो । टोलीलाई नगरप्रमुख श्रेष्ठले एन्टिजिन र पिसिआर परीक्षणबारे जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: