Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कर्मचारीको कमजोर समन्वयका मारमा सर्वसाधारण

खबरडबली संवाददाता

सोलुखुम्बु । कोरोना सङ्क्रमणको गतिलाई रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएसँगै नागरिकको जनजीवन कष्टकर बनेको छ । यो समयमा अतिआवश्यक कामका लागि आवतजावत गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको सवारी सञ्चालन अनुमति अनिवार्य गरिएको छ ।

गृह मन्त्रालयले प्रदेश एक र दुईको सवारी सञ्चालन अनुमति दिने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा भक्तपुर प्रशासलाई दिएको छ ।

यस्तै वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ र लुम्बिनी तथा कर्णाली प्रदेशका जिल्लाहरुको सिफारिसको आधारमा ललितपुर जिल्ला प्रशासन कार्यालयले सवारी सञ्चालन अनुमति दिने व्यवस्था गरेको छ । यसले गर्दा विभिन्न जिल्लाबाट अतिआवश्यक कामको लागि उपत्यका जाने नागरिकलाई भने असहज भएको गुनासो बढेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट पठाइएको सवारी सिफारिसको भक्तपुर प्रशासन कार्यालयबाट समयमा नै जवाफ नदिने हुँदा समस्या भएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाको भनाइ छ ।

जिल्लाबाट अतिआवश्यक कार्यको लागि आएको निवेदनअनुसार सवारी सञ्चालन अनुमतिका लागि सिफारिस गरिए पनि भक्तपुरबाट अनुमति नआउँदा समस्या भएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीको भिसा आएपछि सोलु दूधकुण्ड नगरपालिका–५ वडा कार्यालयको सिफारिसका आधारमा आइतबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निवेदन दिएपनि दुई दिनसम्म अनुमति नपाउँदा समस्या भएको स्थानीयवासी लाक्पा शेर्पाले गुनासो गरे । सोमबार अबेरसम्म पनि प्रशासन कार्यालयबाट अनुमति नपाएपछि वडाकै सिफारिसको आधारमा काठमाडौँ हिंडे पनि पत्ताले बाट फर्कनुपर्ने उनको भनाइ छ ।

सवारी सञ्चालन अनुमति बिना उपत्यका हिडेका करीब पाँच वटा गाडीलाई सोलुखुम्बु र ओखलढुङ्गाको सिमाना पत्तालेबाट फिर्ता गरिएको यहाँका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले बताए । भक्तपुरबाट सवारी पास नपठाउने र यात्रुले पनि स्थानीय तहको मात्रै सिफारिस बोकेर हिंड्दा समस्या भएको उनको भनाइ छ ।

महाकुलुङ गाउँपालिका तथा सोलु दूधकुण्ड नगरपालिकाको विभिन्न वडाबाट सिफारिस लिएर सोमबार काठमाडौँका लागि छुटेका चार वटा जीप पत्तालेबाट फिर्काएको सोलुखुम्बु प्रहरीले जनाएको छ । दुई जिल्ला प्रशासन कार्यालयका कर्मचारीबीचको समन्वय अभाव हुँदा सर्वसाधारण नागरिकले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट पठाइएको सिफारिसअनुसारको अनुमति लिनको लागि तेस्रो व्यक्तिले पहल गर्नुपर्ने बाध्यता रहेको मिडिया ब्रोडकास्टका सञ्चालक डीबी श्रेष्ठले बताए । उनका अनुसार भक्तपुर र सोलुखुम्बु जिल्ला प्रशासनका कर्मचारीबीचको समन्वय कमजोर हुँदा उपत्यका जाने नागरिकले बढी सास्ती खेप्नुपरेको छ ।

यही असार ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँको सवारी पास लिएर सञ्चारको टावर मर्मत गर्नको लागि सोलुखुम्बु आउनुभएका श्रेष्ठको टोलीले शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा निवेदन दिएको भएपनि तीन दिन बितिसक्दा समेत अनुमति नपाएको श्रेष्ठले गुनासो गरे । अघिल्लो वर्ष पनि उपत्यकाबाटै सवारी अनुमति आउने भएपनि खासै असहजताको महशुस नभएको यातायात व्यवसायी दावा शेर्पाले बताए ।

सल्लेरीबाट काठमाडौँ जानको लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा शुक्रबार वडा कार्यालयको सिफारिसमा पेश भएको निवेदनको जवाफ नआएपछि पुनः आइतबार अर्को सिफारिस गरिएको सवारी चालक प्रज्ज्वल मगरले बताए ।

एफएमको टावर निर्माणको लागि आएको टोली फर्कनको लागि निवेदन दिएको भएपनि जवाफ नआएपछि पुनः सोही एफएमको निवेदनसहित आइतबार अर्को निवेदन पेश गरिएको उनको भनाइ छ । दुई निकायबीच समन्वय नहुँदा यस्ता समस्याहरु अन्य जिल्लामा पनि भएको पाइएको छ । रासस 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्युभएकाे छ । काटमाडाैं लगायतका विभिन्न स्थानमा भएकाे दुर्घटनामा १० जनाकाे मृत्यु भएकाे हाे ।  ...

धनुषामा नौ सय जनामा हात्तीपाइले रोग

जनकपुरधाम। धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ। जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्...

पहिलो विदेश भ्रमणमा चीन जाने योजनामा पुटिन

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाएको रूसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ ।...

कारागारबाटै परीक्षा दिँदै बाँके र वीरगन्जमा ३८ कैदीबन्दी

पर्सा ।  वीरगन्ज कारागारबाट ३ कैदीबन्दीले कक्षा १२ को परीक्षा लेखिरहेका छन् । शुक्रबारदेखि सुरु भएको परीक्षा अन्तर्गत् ३ जनाले परीक्षा लेखिरहेका हुन् ...

हामी दक्षिणपन्थी अवसरवादको विरुद्धमा छौंः माधव नेपाल

दुई तिहाइको शक्तिमा पुगेपछि अहंकार बढाएर मैमत्त भए

जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम

काठमाडौं । राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका चरणबद्ध आन्दोलनले मुलुकलाई समाजवादतर्फ उन्मुख हुने उहिल्यै स्पष्ट गति दिनुपर्नेमा अहिलेसम्म...

विकराल बन्दै डढेलो

५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापर्वाही र २० प्रतिशत डढेलो दुर्घटनावश

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिएको आरोपमा एक युवा पक्राउ परेका छन् ।  शुक्रबार बिहान काठमाडौंको ठूलो भर्‍या...

डेढ किलो सुन र १ करोड ४३ लाखसहित पक्राउ परेका सातै जना सार्वजनिक

काठमाडाैं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई प...

महिलालाई अभद्र ब्यवहार गर्ने युवक पक्राउ

विराटनगर । संखुवासभाको सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने एक युवा पक्राउ परेका छन् । प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको टोलीले जिल्ला संखु...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies