Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

दाङमा सर्पदंशको जोखिम वृद्धि

रासस

दमक । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई यही असार ४ गते विषालु सर्पले डस्यो । सोही दिन बिहान ७ः०० बजे गोठमा पराल लिन गएका समयमा उहाँलाई सर्पले डसेको थियो । उपचारका लागि सर्पदंश उपचार केन्द्र गढवामा लगियो । 

त्यहाँ पु¥याउँदा बिरामीको अवस्था जटिल भइसकेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बालिकालाई अन्यत्र सिफारिस गरियो । लमही अस्पतालमा बालिकाको मृत्यु भयो । “सर्पदंशमा उपचार थाल्न खोजियो, भेनल ओपन नै भएन”, सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत स्वास्थ्यकर्मी देवीराम आचार्यले भने, “बिरामी अर्धचेत अवस्थामा थियो, विष चढिसकेकाले उपचार नै शुरु गर्न सकिएन ।” 

राजपुर गाउँपालिका–३ निवासी १० वर्षीय सङ्गम यादवलाई गत वर्ष असार २६ गते विषालु सर्पले डस्यो । उपचारका लागि लमही ल्याउन खोजियो तर ढिला भयो । धान रोप्नका लागि खेत तयार पार्न सङ्गम बुबा–आमासँगै खेतसम्म पुगेका थिए । खेतको आलीमा उभिएको बेला सर्पले डसेको थियो । त्यसपछि सङ्गमको शरीरमा विष चढ्न थाल्यो । सर्पले डसेको आशङ्कामा आली खन्दा मुसा भेटिएको थियो । मुसाले टोकेको भनेर ढुक्क हुने अवस्था नभएपछि उपचारका लागि अस्पताल पु¥याउन थालियो । लमही पु¥याउन नपाउँदै बीच बाटामै सङ्गमको मृत्यु भयो । 

“समयमा थाहा पाउन पनि सकिएन, बेहोस भएपछि सर्पले डसेको अड्कल गरियो”,  बुबा गुरुप्रसाद यादवले भने, “सर्पले डसेर छोरा गुम्यो, उसलाई बचाउन सकिएन ।” दाङमा सर्पदंशका बिरामीले उपचारको अभावमा ज्यान गुमाउने गरेका छन् । अस्पताल पु¥याउन ढिलो हुँदा सर्पदंशका बिरामीले अकालमा ज्यान गुमाउने गरेका हुन् ।

सर्पदंशका बिरामीलाई विषालु सर्पले डस्यो भने अस्पताल पु¥याउन कुनै अलमल गर्नु हुँदैन । त्यो ज्ञान सर्वसाधारणलाई नभएका कारण बिरामीको अकालमा ज्यान जाने गरेको आचार्यले बताए । सो गाउँपालिकाको लगानीमा निर्माण भएको भवनमा नेपाली सेनाको प्राविधिक सहयोगमा सर्पदंशको उपचार शुुरु गरिएको हो । उक्त उपचार केन्द्रमा तत्कालका लागि नेपाली सेनाले तीन तालीम प्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने गाउँपालिकाले दुई दक्ष स्वास्थ्यकर्मी परिचालन गरेको छ । वर्षाको समय शुरु भएसँगै दाङमा सर्पदंशको जोखिम बढेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र अन्य स्वास्थ्य एकाइबाट सर्पदंशका बिरामीलाई प्राथमिक उपचारपछि जिल्लाबाहिर पठाउने गरिएको थियो । गढवामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यो समस्या समाधान भएको छ । सर्पदंशका कारण हरेक वर्ष कम्तीमा पाँचदेखि सात व्यक्तिको मृत्यु हुने गरेको थियो । वर्षा र गर्मी दुवै मौसममा सर्पदंशका घटना बढ्ने गर्छन् । 

दाङ पनि सर्पदंशको जोखिमको जिल्लाभित्र पर्छ । त्यसमध्ये देउखुरी क्षेत्र बढी जोखिम मानिन्छ । गढवामा सर्पदंशको उपचार हुने गर्छ । लमहीमा सञ्चालनको तयारीमा छ । सो सर्पदंश उपचार केन्द्रमा विषालु सर्पले डसेर उपचारका लागि पुगेकाले नयाँ जीवन पाउन थालेका छन् । बिरामीको अवस्था बिग्रिसकेपछि उपचार केन्द्रमा पु¥याउँदा उपचार गर्न गाह्रो पर्ने गरेको छ । 

“सर्पले डस्नेबित्तिकै उपचारका लागि पु¥याउनुपर्छ , झारफुक गर्ने, घरमै अलमलमा पर्दा बिरामीको ज्यान जोखिममा पर्छ”, स्वास्थ्यकर्मी आचार्यले भने, “यहाँ धेरै बिरामी विषालु नभएका सर्पले डसेर आउनुहुन्छ ।” बिरामी र आफन्तले ढिला गरी स्वास्थ्य संस्थामा ल्याउने भएका कारण बिरामीलाई बचाउन नसकिने अवस्था छ । 

गढवामा नेपाली सेनाको निगरानीमा उपचार हुने गरेको छ । लमही नगरपालिकाले लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको तयारी गरेको छ । उपचारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न देउखुरीमा स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालीम प्रदान गरेको छ । लमही नगरपालिका तथा राजपुर, गढवा र राप्ती गाउँपालिकामा कार्यरत स्वास्थ्यर्मीलाई सर्पदंशको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न तालीम प्रदान गरिएको लमहीका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए । 

आव २०७६÷७७ मा मात्रै १३ व्यक्तिको सर्पले डस्दा मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क छ । हरेक वर्ष सर्पदंशका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । आव २०७४÷७५ मा दुई र ०७५÷७६ मा तीन व्यक्तिको मृत्यु भएको केन्द्रका सूचना अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए । देउखुरीका राजपुर, गढवा तथा राप्ती गाउँपालिका र लमही नगरपालिका सर्पदंशको उच्च जोखिममा छन् । सरकारी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ भए पनि सर्पदंशका बिरामीले उपचार पाउँदैनन् ।

सर्पले डसेको खण्डमा बिरामीलाई सजिलो हुने गरी भुइँमा सुताएर शरीरमा कसिएको कपडा फुकाली दिनुपर्छ । डसेको ठाउँ वरिपरि प्रेसर ब्यान्डेज लगाउनुपर्छ । यी सबै कुरा गरिसकेपछि छिटोभन्दा छिटो नजीकैको उपचार केन्द्रमा पु¥याउनुपर्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy