Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

डेनमार्क र इटली क्वाटरफाइनलमा, आज राति पोर्चुगल र बेल्जियम भिड्दै

खबरडबली संवाददाता

काठमाडौं । गएराति भएको युरोकप अन्तर्गतको खेलमा डेनर्माक र इटली क्वाटरफाईनलमा प्रवेश गरेका छन् । 

डनमार्कले वेल्सलाई र इटलीले अतिरिक्त खेलमा अष्ट्रियालाई पराजित गर्दै क्वाटर फाईनलमा पुगेका हुन् । 

पहिलो खेलमा कमजोर प्रदर्शन गरेको डेनमार्क त्यसपछि लगातार सुधारिएको मात्रै प्रदर्शन छैन शानदार जित समेत निकालेको हो । 
डेनमार्कका लागी २७ र ४८ औं मिनेटमा डोलवर्गले दुई गोल, ८८ औं मिनेटमा मइले अर्को गोल र ब्राइटेनह्वीटले अर्को गोल थप्दै समग्रमा ४–० को जित निकाल्दै क्वाटरफाईनलमा पुग्ने पहिलो टिम बनेको हो । 

यसैगरी गएराति नै भएको इटली र अष्ट्रियाबिचको खेल ९० मिनेटसम्म गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समय थप गरिएको थियो । 

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । त्यसको पाँचौ अर्थात खेलको ९५औं मिनेटमा वैकल्पिक फेडेरिको चिएसाले लिओनार्ड्रो स्पिनाजोलाको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए ।

१०५औं मिनेटमा अर्का वैकल्पिक खेलाडी माटेओ पेसिनाले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा निकोलो बरेलाको स्थानमा मैदान प्रवेश गरेका उनले फ्रान्सेस्को असेर्बीको पासमा गोल गरेका हुन् ।

११३औ मिनेटमा अष्ट्रियाका सासा कलासिसले गोल गर्दै गोल अन्तर घटाएका थिए ।

खेलमा थप गोल हुन नसकेपछि इटली क्वाटर फाईनलमा प्रवेश गर्दा अष्ट्रिय घर फर्केको हो । 

यसैगरी आज राति १२ : ४५ बजे विश्वको एक नम्बर र्याङ्किङमा रहेको बेल्जियम र स्टार रोनाल्डोको पोर्चुगलको भिडन्त हुनेछ । त्यो भन्दा अगाढी ९:४५ बजे नेदरल्याण्ड र चेक रिपब्लिकको भिडन्त हुनेछ ।

 

Tags Euro 2020
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending