Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

चितवनमा निषेधाज्ञा जारी भएको ४५ दिन भित्र ११ करोड भन्दा बढीको दूध नोक्सान

रासस

भरतपुर । कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी  निषेधाज्ञाबाट चितवनका  दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि  सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

सङ्घद्वारा आयोजित  पत्रकार सम्मेलन गर्दै निषेधाज्ञाले  दूग्ध किसान मारमा परेको जनाएको  छ । सङ्घका सचिव किशोर बगालेले भने “दूग्ध किसान अहिले चौतर्फि समस्यामा छन्, एक त दूध बिक्री नहुनु र अर्कोतर्फ केही उद्योग र विचौलीहरुले मौकामा चौका हान्दै कम मूल्यमा किसानहरुबाट जबरजस्ती दूध सङकलन गरिरहेका छन् । ” समस्या देखाएर किसानबाट कम मूल्यमा दूध खरिद गरी उपभोक्तालाई महंगो मूल्यमा बेच्ने काम भइरहेको उनले बताए । “किसानबाट कम मूल्यमा खरिद गरेर उपभोक्ताले पनि कम मूल्यमा पाए त राम्रो हुन्थ्यो तर त्यस्तो हुन नसक्दा हामी सबै किसान दुखी छौँ । ”सचिव बगालेले भने ।

उनका अनुसार चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा रु २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । यसबाट रु  ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ नोक्सान भएको छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुनुपर्दथ्यो । यसबेला दूधको सबैभन्दा बढी खपत हुने बेला पनि हो ।

जिल्लामा ११०  सहकारी मार्फत दूध सङ्कलन भएर बिक्री हुने गरेको छ । निषेधाज्ञाका कारण दुई सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी २०/२५ दिनसम्म बन्द भए । उद्योगहरु खरिद नगर्ने भएपछि सहकारी बाध्य भएर बन्द भएको सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । उनले दूधमा पछिल्लो समय उद्योगहरुले मनलाग्दी मूल्य निर्धारण गरेर किसानहरुलाई समस्यामा पारेको बताए । “केही उद्योगहरुले प्रतिलिटर ४० रुपैयाँमा किसानसंग दूध माग्न थालेका छन्, बजारमा चाँही आधा बढीमा बेच्न गरेका छन” उनले भने, “उद्योगको खरिद चाहनाले दूधको खपत भइरहेको देखाउँछ तर मौकामा चौका हान्दै उल्टै किसानलाई मारमा पारिरहेका छन् ।” जिल्लामा दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । तीमध्ये अहिले ५० प्रतिशत दूध मात्रै खपत भइरहेको जनाइएको छ  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending