NTC Banar
Khabar Dabali ११ चैत्र २०७९ शनिबार | 25th March, 2023 Sat

गण्डकी प्रदेशमा जीवन रक्षा कोषलाई निरन्तरता दिइने: मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल

रासस

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोरोना प्रभावित व्यवसायी उकास्न जीवन रक्षा कोषलाई यस वर्ष पनि निरन्तरता दिइएको बताएका छन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशकसहित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसँगको छलफलमा उनले सरकारको नीति तथा कार्यक्रममा यो कोषलाई निरन्तरता दिने गरी प्रतिबद्धता आइसकेको जानकारी दिए । 

प्रदेशभित्रका कोभिडबाट प्रभावित साना तथा मझौला व्यवसायीको राहतका लागि यो कार्यक्रम आएको र यसले तीन वर्षसम्म निरन्तरता पाउने उनले बताए  । परम्परागत रुपमा ऋण लिने तरिकामा परिमार्जन गरी सहज बनाउन आग्रह गर्दैै उनले साना व्यवसायीलाई लक्षित कार्यक्रम भएकाले त्यसै अनुसार प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए ।

निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले प्रदेश सरकारले एक अर्ब लगानी गर्दा बैंक तथा वित्तीय संस्थाबाट रु आठ अर्बको हाराहारीमा लगानी हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी रहेको बताए । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद भट्टराईले शुरुमा कार्यविधिका कारण केही असहज भए पनि अहिले भने प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन भएको बताए । यस कार्यक्रमका लागि छ हजार ७७८ निवेदन परेको र रु सात अर्ब ६६ करोड माग भएको र त्यसमध्ये रु चार अर्ब ५४ करोडका लागि पूर्व सहमति प्राप्त भइसकेको उनले जानकारी दिए ।

कोभिड–१९ ले पर्यटन, यातायात, कृषि उत्पादन तथा सेवालगायतका क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारले जीवन रक्षा कोष सञ्चालनमा ल्याएको हो । यसका लागि चार शीर्षक बनाएर कर्जा प्रवाह गरिएको छ । न्यूनतम् रु ५० हजारदेखि १५ लाखसम्म कर्जा उपलब्ध गराउने र त्यसको ब्याज प्रदेश सरकारले बेहोर्ने गरी कार्यविधि बनाइएको छ । कर्जाको अधिकतम् अवधि तीन वर्ष तोकिएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...

नदी किनारका अनधिकृत बस्ती हटाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...

धनुषामा दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...

एक–दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...

कोटेश्वर क्याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत चयन

काठमाडौँ। कोटेश्वर बहुमुखी क्‍याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्ष...

बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : महामन्त्री थापा

काठमाडौँ। बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन स् महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा...

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार, १०० औँ स्थानमा

काठमाडौं। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल...

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

काठमाडौं। झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्।  धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममा...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page