Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, जथाभावी सेवा लिने गरेका कारण महिलाको स्वास्थ्यमा समस्या

रासस

डोटी । जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७ /७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताए ।

उनले भने, “गर्भपतन सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, समस्या परेको खण्डमा गरिने उक्त सेवा अस्थायी साधनका रुपमा प्रयोग गरिए महिलाको स्वास्थ्यमा नै असर पर्ने निकै सम्भावना छ ।” पछिल्लो समय गर्भपतन सेवा अस्थायी साधनका रूपमा प्रयोग हुन थालेका कारण यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मीमा चिन्ता थपिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए । उनले भने,  “गर्भपतन सेवा लिने बानी खासै राम्रो होइन, जिल्लामा गर्भवतनको गलत नजीर बसेको छ, यसले आमा बन्नेहरुको ज्यान नै खतरामा पर्ने देखिन्छ ।”

चालु आवमा २० वर्षमुनिका २८ महिलाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९६६ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतनको भने रेकर्ड राखिएको छैन । निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ । गत आवमा २० वर्षमुनिका ४९ र २० वर्षमाथिका ९८२ किशोरी तथा महिलाले गर्भपतन गराएका थिए । यस आव सकिन अझै एक महिना बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्ने जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए ।

गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदापाउँदै पनि यहाँका महिला तथा किशोरीले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । गर्भपतन गर्नेकोे सङ्ख्या अधिक हुनुमा अशिक्षा, अवैध यौन सम्पर्क र पुरुष शिक्षित हुँदा पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने बानीका कारण बढ्दै गएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका वरिष्ठ अनमी विधि भण्डारीले बताए । उनले बताए, “गर्भपतन गराउनुमा पुरुष बढी दोषी छन्, आफू असुरक्षित यौन सम्पर्क गर्ने अनि बच्चा बसे महिलालाई गर्भपतन गर्न दबाब दिने गरेका कारण जिल्लामा समस्या उत्पन्न भएको हो ।” असुरक्षित गर्भ रोकिए निजी मेडिकलबाट समेत औषधि किन्ने, औषधि खाएर गर्भपतन गर्ने र औषधि असरले उच्च रक्तस्राव हुँदै पछि गएर जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा उपचारका लागि आउने गरेको उनको भनाइ छ । सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन सकिने नेपाल सरकारले प्रावधान तयार गरे पनि जिल्लामा आफूअनुकूल तथा पायक पर्ने ठाउँबाट नै गर्भपतन गराउने बढेकाले झनै समस्या देखिएको छ ।

असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए । उनका अनुसार परिवार नियोजनका थुप्रै साधन हुँदाहुँदै पनि गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको र यही कारणले आमाहरूमा समस्या हुने देखिन्छ । सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ । नेपालजस्तो पितृ सत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्ध कारण यहाँ गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy