Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

कोरोनापछि देखिँदै थप स्वास्थ्य समस्या

रासस
टीकापुर । कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई कोरोना भाइरसको सङ्क्रमण देखियो । कोरोनाका लक्षण देखिएपछि निकै कमजोर भएकी उनलाई सङ्क्रमण देखिएको २८ दिनपछि सङ्क्रमण मुक्त भयो । सङ्क्रमणबाट मुक्त भए पनि उनको स्वास्थ्यमा समस्या रहिरह्यो । “मलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोकी लाग्ने समस्याले छोडेन”, युवतीले भनिन्, “कोरोना सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्य समस्या रहेपछि म टीकापुर अस्पताल गएँ ।” 
 
स्वास्थ्य परीक्षण गर्दा अझै समस्या रहेको देखिएपछि चिकित्सकले ती युवतीलाई औषधि दिए र खानपिनमा ध्यान दिन भने । सङ्क्रमण निको भइसकेपछि पनि समस्या हुने अनुभव उनको छ । टीकापुरका ४० वर्षीय युवकलाई सङ्क्रमण निको भएको एक महिना भइसकेको छ । बरु सङ्क्रमणको समयमा कुनै स्वास्थ्य समस्या नदेखिएका युवक सङ्क्रमण मुक्त भएपछि अस्वस्थ छन्। सास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा बेलाबेला घटिरहने समस्या भएको उनी बताउछन् ।
 
सङ्क्रमणबाट मुक्त भइसक्दा पनि सुधार नआएपछि हाल उनी काठमाडौमा उपचाररत छन्। “परिवार नै सङ्क्रमित हुँदा धेरै समस्या भयो, उपचारका लागि आर्थिक जोहो गर्न निकै कठिन भयो”, युवकले भने, “काठमाडौमा बस्न, खान र उपचार निकै खर्चिलो छ । जताततै आफन्तसँग ऋण मागेर चलिरहेको छु । फोक्सोमा सङ्क्रमण भएको देखिएको छ”, उनले भने ।
 
जानकी गाउँपालिकाकी एक ५० वर्षीय महिलालाई पनि कोरोना पोजेटिभ देखियो । उनको २१ दिनमा नेगेटिभ रिपोर्ट आयो तर स्वास्थ्यमा सुधार भने आएन । स्वास्थ्य जाँचपछि अब चिकित्सकले इनहेलर (सास  फेर्न सहज हुने औषधि) औषधि सेवन गर्नु भनेको उनले जानकारी दिए । 
 
टीकापुर अस्पतालका चिकित्सक रमेश उपाध्याय हाल अस्पतालमा कोभिडपश्चात समस्या भएका एक/दुई बिरामी नियमित आइरहेको बताउछन् । “कसैलाई गाह्रो हुँदैन, कसैको फोक्सोमा सङ्क्रमण भएको देखिन्छ”, डा उपाध्यायले भने, “समस्या हेरेर उपचार गरिरहेका छौँ । कसैलाई निको हुन ५० दिनसम्म लागेका बिरामी पनि छन् ।”
 
उपाध्याय सङ्क्रमण देखिएकाहरुले स्वास्थ्य परीक्षण, छातीको एक्सरेजस्ता कुरा समयमै गर्नुपर्ने सुझाव दिन्छन् । “समयमै ख्याल नगरे पछि समस्या हुन्छ । समस्या धेरै भइसकेपछि उपचारमा आउँदा ज्यान जानसक्छ”, उनी भन्छन्, “कोरोना सङ्क्रमित अधिकांशलाई फोक्सोमा समस्या, निमोनिया हुनेजस्ता समस्या देखिएका छन् । कोरोनाको असर जीवनभर रहन पनि सक्छ । नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।”
 
सङ्क्रमित र तिनका परिवार अधिकांशलाई मनोसमस्या देखिन थालेको छ । टीकापुर–२ का एक १८ वर्षीय बालकलाई सङ्क्रमण देखियो । ज्वरो निकै बढेपछि उनी बर्बराउन थाले । बालकलाई करिब एक साता निकै गाह्रो भयो । पछि उनमा मनोसमस्या देखियो । “डराउने, लुक्ने, घरबाट भाग्ने गर्न थाल्यो”, बालकका काकाले भने, “उसलाई थुनेर राख्नुपर्ने अवस्था आयो । छोरालाई एक्लै छाड्न नमिल्ने अवस्था आएपछि हामी दुई काका ऊसँगै रातदिन बस्न थाल्यो । हामी पनि सङ्क्रमित भयौँ ।” हाल बालक र बालकका दुई काका सङ्क्रमण मुक्त भइसक्नुभएको छ । “सङ्क्रमण निको भएपछि बच्चालाई उपचारमा लग्यौँ, चिकित्सकले केही दिन परामर्श गर्नुभयो । निदाउने औषधि दिए”, बालकका काका भन्छन्, “आजभोलि मनोपरामर्शकर्ताले भर्चुअल माध्यमले परामर्श दिइरहका छन् ।”
 
कैलालीको टीकापुर नगरपालिकाले सङ्क्रमित र सङ्क्रमितका परिवारमा मनोसमस्या देखिन थालेपछि मनोसामाजिक क्षेत्रमा काम गरिरहेका संस्थालाई गुहारेको छ । कैलालीमा कार्यरत एक संस्थाले टीकापुरमा सङ्क्रमितका घरमा पुगेर मनोपरामर्श दिने काम थालेको छ । “हामीले गत वर्षदेखि अहिलेसम्म करिब ३०० लाई परामर्श दिएका छौँ”, मनोसमाजिक परामर्शकर्ता धनराज विक भन्छन्, “विद्यालय उमेरका बालबालिकादेखि सबैलाई यो सेवा दिएका छौँ । समयमै परामर्श सेवा र उपचार पाए दुर्घटना हुनबाट जोगाउन सकिन्छ ।”
 
टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल स्वास्थ्यमा पनि मनोसमस्यालाई समस्याका रूपमा स्थानीय सरकारले नबुझेका कारण समस्या भएको बताउछन् । “हरेक स्थानीय तहमा मनोचिकित्सक आवश्यक छन् । मानिस अन्य उपचार गर्छन्, तनाव व्यवस्थापनमा ध्यान छैन”, उनी भन्छन्, “सङ्क्रमितका घरदैलोमा हामी पुग्ने काम गरिरहेका छौँ, केहीलाई यस्तो समस्या देखिएको छ । समस्या भएकालाई चिकित्सकसम्म पुर्याउने काम हामीले गरिरहेका छौँ ।”
 
कैलालीको टीकापुर अस्पतालमा वैशाखयता कोरोना सङ्क्रमणका कारण ५० जनाको मृत्यु भएको छ । अस्पतालबाट सङ्क्रमण निको भएर १९३ जना घर फर्किएका छन् । कोरोना महामारीपछि वैशाख १६ गतेदेखि बन्द रहेको बहिरङ्ग सेवासमेत असार ८ गतेबाट शुरु गरेको छ । महामारीपछि कोरोना सङ्क्रमितको उपचार, अत्यावश्यक सेवा दुर्घटना, आमासुरक्षाका कार्यक्रम, प्रसूति सेवामात्र सञ्चालनमा राखेको अस्पतालले हाल सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies