Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बैतडीका ३० बस्ती पहिराको उच्च जोखिममा

रासस

बैतडी । बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै योजना जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दुवै योजनामा विपद्का घटना न्यूनीकरणका लागि आवश्यक तयारीका कुरा समेटिएका छन् । प्रत्येक क्षेत्रका योजना समावेश गरिएका र जिल्लामा हुनसक्ने विपद्का घटनाको क्षति न्यूनीकरणका लागि कसले के गर्ने भन्ने विषय योजनामा समेटिएको छ । योजनामा पूर्वतयारी र प्रतिकार्यका कुरा समेटिएका छन् । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जिल्लामा यिनै योजनाअनुसार काम हुने सूचना अधिकारी भारतीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले पारित गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ मा जिल्लाका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा रहेको जनाइएको छ । दोगडाकेदार गाउँपालिका–६ को सित्तड, पञ्ज्युनयाँ, वडा नं ८ को कालागाउँ, वडा नं ३ कुकुडेपानी र श्रीकोटमा पहिराको उच्च जोखिम छ । यस्तै मेलौली नगरपालिकाको वडा नं १ जर्कुधार, नागनी, सिराडसेला, वडा नं ३ को कुचगाड, गगनरोडा, पोखरी, वडा नं ७ को तोल्या, वडा नं ८ को ल्वास, गैरी, मटुवा, खोली, वडा नं ९ को काँकडी, कोल्तडी, असुर र कमेट्ठामा पनि पहिराको जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
 
यस्तै डिलाशैनी गाउँपालिकाको वडा नं ६ को बाङ्गाबगर, सौनागाउँ, वडा नं ३ को रुद्रेश्वरमा पहिराको जोखिम रहेको योजनामा उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाको वडा नं ८ ढोल्या, वडा नं ३ भौनेली, पाटन नगरपालिकाको वडा नं ८ सिद्धेश्वर पनि पहिराको उच्च जोखिममा रहेको जनाइएको छ । यसैगरी सिगास गाउँपालिकाको ढुङ्गाड, पञ्चेश्वर गाउँपालिकाको वडा नं २ को गनकट्टे, चनतडा, बसेक, सन्तुला, डिम्बर र वडा नं ६ को रोडीदेवल बस्ती पहिराको उच्च जोखिममा रहेको छ । त्यस्तै पुर्चौंडी नगरपालिका–८ मल्लादेही पनि पहिराको जोखिममा रहेको जनाइएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले पहिराको उच्च जोखिम भएका स्थानको पहिचान गरी क्षति न्यूनीकरणका लागि पूर्वतयारी समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए । पहिराको उच्च जोखिम भएका क्षेत्रको पहिचान गरेर पूर्वतयारी गरिएको र पहिरो, बाढीबाट क्षति नहोस् भनेर स्थानीय तहहरूलाई पनि तयारीमा रहन भनिएको छ ।
  
पहिराको उच्च जोखिम रहेका स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । बैतडीका कतिपय स्थानीय तहले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आएको चार वर्ष पूरा भइसक्दासमेत योजना बनाउन नसकेका हुन् । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विपद् व्यवस्थापन योजना नहुँदा विपद्बाट प्रभावित नागरिकले राहत तथा क्षतिपूर्ति पाउन समस्या हुने गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन योजना बनाउनुपर्ने उल्लेख गरेको भए पनि बैतडीका केही स्थानीय तहले अझै योजना बनाएका छैनन् । योजना बनाएका स्थानीय तहले पनि योजना अद्यावधिक नगरेको पाइएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन योजना नहुँदा हरेक वर्ष समस्या हुने गरेकाले यो कामलाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए ।   

यसैबीच विपद्को बेला राहत तथा उद्धारका लागि पनि जनशक्ति तयारी अवस्थामा रहेको जनाइएको छ । विपद्का बेला उद्धारका लागि बैतडीमा ५०२ सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५०२ जना तयारी अवस्थामा रहेका हुन् ।  

यस्तै विपद्का बेला आवश्यक पर्ने उद्धारका सामग्रीको विवरण पनि सार्वजनिक गरिएको छ । डोजर तथा एक्साभेटर, ट्र्याक्टर, आश्रयस्थल, तारजाली, ट्युब, वाटर ट्याङ्कर, रबरबोटलगायतका ५२ किसिमका सामाग्री तयारी अवस्थामा रहेको पनि विपद् व्यस्थापन समितिले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending