Khabar Dabali २१ पुष २०८२ सोमबार | 5th January, 2026 Mon
Investment bank

आज यी स्थानहरुमा भारी बर्षा हुने, सतर्क रहन आग्रह

खबर डबली
काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धोरै स्थान र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
 
प्रदेश नं १, प्रदेश नं २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राति लुम्बिनी, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा थोरै भारी वर्षाको सम्भावना रहेको छ ।
 
भोलि शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
 
काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा १६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै घोराहीमा १३६, ताप्लेजुङमा ५८, धनकुटामा ५० र पोखरामा ४६ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक बन्दसूचीबाट मिलन लिम्बूले लिए नाम फिर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीबाट मिलन लिम्बूले आफ्नो ना...

भक्तपुरमा कन्चटमा गोली हानेर एक युवकद्धारा आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीमा एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता प्रकाश जबेगुका अनुसार आफ्नै कन्चटमा ...

टी–२० विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरव : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएको छन् ।  राष्ट्रपति भवन शीतल नि...

रास्वपाको राजनीतिक समायोजन घोषणा सभा जारी, नाउपाका पूर्वनेतृत्व र थरुहट अभियान्ता सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बृहत् राजनीतिक समायोजनको घोषणा सभा आयोजना गरेको छ। नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट...

१२ हजार प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा जबरजस्ती विस्थापनको अवस्थामा बाँचिरहेका छन् : युएनआरडब्लुए

न्युयोर्क । इजरायलको चलिरहेको सैन्य कारबाहीको परिणाम स्वरूप १२ हजार भन्दा बढी प्यालेस्टिनी बालबालिका वेस्ट ब्याङ्कमा “जबरजस्ती विस्थापन”को अवस्थामा बा...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।  बैठकमा वर्तमान समसा...

सप्तरीको लोखरमका एक सय ५० परिवारलाई कम्बल वितरण

सप्तरी। छिन्नमस्ता गाउँपालिका ५ लोखरमका विपन्न दलित परिवारहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार १ सय ५० परिवारलाई कम्बल वितरण गरेको छ । यस...

प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदुत थम्पसनको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेको छिन् । ...

वीरगञ्जमा निषेधाज्ञालाई बेवास्ता गर्दै प्रदर्शन, प्रहरी र हिन्दुवादी संगठनबीच झडप

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि वीरगञ्ज महानगरका विभिन्न संवेदनशील क्षेत्रमा निषेधाज्ञा लागू गरेलगत्तै प्रहरी र हिन्दु...

भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा ३२ क्युबाली अधिकारीको मृत्यु

भेनेजुएला। क्युबाली सरकारले भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ जना आफ्नो सेना र प्रहरी अधिकारीको मृत्यु भएको पहिलो पटक आधिकारिक रूपमा पुष्टि गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending