Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

एकल पुरुषको भत्ता बढ्यो

रासस

बैतडी । बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । 

नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका  हौं ।” मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् । 

यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ । आमा बुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि भन्दै गएको तीन वर्ष यता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ बालबालिका रहेका र उनीहरुलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाको भनाइ छ । 

टुहुरा बालबालिकाको शिक्षादिक्षमा सहज होस भनेर भत्ता दिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए । भत्ता पाउँदा जीवनयापन सहज भएको वडा नं ९ का एकल पुरुष शङ्करदत्त भट्टले बताए। मेलौलीले २०७५ सालबाट सो भत्ता दिन थालेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल

काठमाडौँ। नेपाली पार्कर खेलाडी दिनेश सुनार २०औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएको छन । यसपटक सुनारले पार्कर र जिम्नास्टिक खेलअन्तर्गत...

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा

जनकपुर। जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् । शनिवार भएको ए...

रबि लामिछाने बिरुद्ध तीनवटा मुद्धा दर्ता

पोखरा। पुर्व गृह मन्त्री रबि लामिछाने बिरुद्ध तीनवटा मुद्धा दर्ता भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्...

अराजक अनलाइनहरु नियन्त्रण गर्न जरुरी छ : सञ्चारमन्त्री गुरुङ

लेखनाथ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि धेरै अनलाइनहरु...

संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएको छन । सरकारमा सहभागी दुई ठूला राजनीति...

राज्यकाेषकाे ब्रम्हलुटः प्रधानमन्त्रीकाे अमेरिका भ्रमणमा ४ करोड २९ लाख खर्च

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विशिष्ट व...

जिप्रका जुम्लामा स्तनपान र बालमैत्री कक्ष स्थापना,

जुम्ला। जिल्ला प्रहरी कार्यालय जुम्लाले स्तनपान र बालमैत्री कक्ष स्थापना गरेको छ । प्रहरी कार्यालयमा सेवा लिन आउने महिला र बालबालिकाका लागि जिल्ला प्र...

नेपाल र भारतबिच श्रम सम्झौता नहुँदा समस्यामा मजदुर

जनकपुरधाम। नेपालीका लागि रोजगारको प्रमुख गन्तव्य भारत पनि हो । तराई मधेशका जनताका लागि छिमेकी राष्ट्र छिमेकी गाउँ जस्तो भएको छ । जहाँ न भिसाको झन्झट ह...

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

सुदूरपश्चिम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। ...

तस्बिरमा हेर्नुहोस जनकपुरले एनपीएल उपाधि उचालेपछिको रौनक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाले...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy