Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

बालक बलिको घटनामा प्रहरी एसपीको भूमीका शंकास्पद

\"Balak१३ साउन, काठमाडौं ।  नवलपरासीको कुडिया–४ मर्चहवामा भएको बालक बलिको घटनामा प्रहरी उपरीक्षक (एसपी) नलप्रसाद उपाध्यायको विवादास्पद भूमिका देखिएको छ  । सोनु भनिने जीवन कोहरको हत्या प्रकरणको छानविनको क्रममा एसपी उपाध्यायको भूमिका विरोधाभाषपूर्ण देखिएको हो । जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रमुख समेत रहेका उपाध्यायले  हत्यामा समलग्न कोदाई चमारका छोराको उमेरको विषयमा विवादास्पद भूमिका खेलेको देखिएको छ ।  सञ्चार माध्यममा १४ वर्ष मात्रै पुगेकाले प्रचार नगर्न आग्रह गरेका उनले पत्रकार सम्मेलन वितरण गरिएको प्रेस विज्ञप्तिमा १८ वर्ष पुगेको उल्लेख गरेका थिए । स्थानियहरुले पनि १८ वर्ष पुगिसकेको बताएका थिए । कोदाई चमारका छोरा विजय चमार कामेपछि मान्छेको मासु मागेका थिए । उनै विजयलाई जोगाउन प्रहरीले शंकास्पद भूमिका खेलेको स्रोतले दाबी गरेको छ । घटनाबारे आयोजित पत्रकार सम्मेलनको क्रममा पुजारी गंगा हरिजन  पनि हत्यामा समलग्न नरहेको उपाध्यायले पटकपटक बताएका थिए । तर हत्यामा समलग्न गंगा आफैले भने हत्या अघि आफूले देउताका नाममा पूजा गरिदिएको जानकारी दिएका थिए ।  पूजा गरेवापतको ५० हजार रुपैयाँ पनि उनैले लिएका थिए । तर एसपी उपाध्यायले भने त्यो पैसाले बियर पाटी गरेको बताएका थिए ।  पत्रकार सम्मेलनको क्रममा एसपी उपाध्यायले  थुनामा रहेकी मूख्य अभियक्त (कोदाई चमार) की श्रीमती कान्तिलाई उनले  ‘निर्दोष’ रहेको बताएका थिए । जबकी शव फेला पार्नासाथ हत्याको पहिलो बयान दिने उनै थिइन्  उनले विभिन्न सञ्चार माध्यमलाई भनेकी थिइन् ‘हत्या गरेपछि मलाई श्रीमानले सुनाए, मैले गाली गरें ।’ गाउँभर बालकको खोजी हुँदा उनले बालकबारे खुलाशा नगरी बसेकी थिइन् । पत्रकार सम्मेलनको क्रममा अलि हतारिएको भावमा देखिएका उनले पत्रकारलाई अभियुक्तसँग कुराकानी गर्न समेत दिएका थिएनन् । अभियुक्तसँग अलि गम्भिर विषयमा पत्रकारले प्रश्न गर्दा एसपी उपाध्यायले  मातहतका प्रहरीलाई हकार्दै भन्थे, ‘यिनीहरुलाई लगिहाल्नोस् । ल भयो । पुग्यो अब ।’ घरमै हत्या भएको गाउँलेको भनाई प्रति प्रहरीको भनाइ थियो   होइन बाहिर भएको हो  । बाहिर कहाँ भन्ने प्रश्नमा उनले भन्थे त्यो त अनुसन्धानबाट थाहा हुन्छ ।’ उनको भूमिकालाई लिएर पश्चिम क्षेत्रिय प्रहरी कार्यलयमा समेत चर्चा भएको छ । पश्चिम क्षेत्रिय कार्यलयका डिआइजी पंकज श्रेष्ठले समेत एसपीको भूमिकालाई माथि चासो राखेको जनाइएको छ । प्रहरी प्रवक्ता  डिआइजी कमल सिंह बम घटना अनुसन्धानमा भएकाले बोल्न नमिल्ने बताए । ‘सम्बन्धीत निकायले अनुसन्धान गरिरहेको छ ।’ खबरडबलीसँग बमले भने, ‘अनुसन्धान भइरहेको घटनामा प्रधान कार्यलयले बोल्न मिल्दैन ।’ गत साउन ५ गतेदेखि हराएका १० वर्षिय बालक सोनुको घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । सोही घटनाको अनुसन्धानबाट बालकलाई बलि दिएको रहस्य बाहिर आएको थियो ।प्रहरीले ९ जना अभियुक्तलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending