Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सप्तरीमा ६ महिनाका अवधिमा ५५ वटा घटनामा मानवाधिकार उल्लङ्घन

रासस

सप्तरी । जिल्लामा छ महिनाका अवधिमा ५५  मानवाधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका छन् । नेपाल मानवाधिकार वर्ष पुस्तक २०२२ को तयारीका लागि  इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सन् २०२१ जनवरीदेखि जुनसम्मका अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आइतबार प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारका १२ घटनामा पाँचदेखि १८ वर्षका १३ जना पीडित छन् । आरोपितमा १५ देखि ७१ वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित चार जना पुर्पक्षका लागि थुनामा, छ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन् ।

डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा छिमेकी १९ वर्षीय रोहितकुमार यादव असार ६ गते पक्राउ परेका छन् । पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा असार ४ गते शव फेला परेको थियो ।

पहिलो पटक मिर्गौला बेचबिखनको एक घटना पनि बाहिर आएको छ । वैशाख २७ गते पक्राउ आरोपित सुरुङ्गा नगरपालिका–१ नैनडाबरका ३५ वर्षीय रमेश विश्वकर्मा मानसिक र शारीरिक रुपमा बिरामी रहेकाले जेठ ४ गते जमानीमा छुटेका छन् । मुख्य आरोपितको पहिचान खुलेको छैन । 

महिला बलात्कारका ६ घटनामा दुई जना फरार, दुई जना धरौटीमा र दुई जना जमानीमा रिहा भएका छन् । यो छ महिनाको अवधिमा गैरराज्यबाट दुई पुरुषको कुटपिटमा हत्या घटना भयो । जसमा आठ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका चार जना पुर्पक्षका लागि थुनामा छन् भने अर्को घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सो छ महिनामा बालयौन दुव्र्यवहारको तीन घटनामा एक जना बाल सुधार गृहमा छन्, एक जना असार ८ गते पक्राउ परेका छन् भने एउटा उजुरी दर्ता भएको छैन । १४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा असार १५ गतेदेखि एक जना आरोपित पुर्पक्षका लागि थुनामा छन् । ६ महिनाको अवधिमा हुनै लागेको एक बालविवाह रोकिएको छ भने अर्को एक बालविवाहमा जेठ १६ गते पाँच आरोपितविरुद्ध अदालतबाट म्यादी पुर्जी जारी भएको छ ।

महिला बलात्कार प्रयासका ६ वटा घटनामा दुई जना धरौटीमा रिहा भएका छन् भने दुई जना पक्राउ परेका छैनन् र दुई जनाले उजुरी दिएनन् । एक महिलाको आत्महत्या दुरुत्साहनमा उनका पति असार ७ गते ६० हजार धरौटी राखी रिहा भएका छन् । बहुविवाहको चार घटनामा पाँच जना आरोपितविरुद्ध म्यादी पुर्जी जारी भएको छ भने तीन जना धरौटी राखी रिहा भएका छन् ।

एक महिलाको गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले पाँच जनालाई जनही रु ३० हजार धरौटी लिइ पुर्पक्षका लागि रिहा गरेको छ । भौतिक संरचना, सम्पत्ति क्षतिअन्तर्गत चार घटनामा दुई आरोपित धरौटीमा र एक जमानीमा रिहा भएका छन् । आरोपित एक जनालाई म्यादी पुर्जी जारी भएको छ भने पाँच जना पक्राउ परेका छैनन् । गैर राज्यबाट यातनाका एक, विप्लव समूहका पक्राउको एक, कुटपिटरदुर्व्यवहारका चार, घरेलु हिंसाका पाँच घटना अभिलेख गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies