चौतारा । बाढी पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारी साधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भोटेकोशी बाढीले कटान तथा पहिराले ५० मिटर सडकमा क्षति पुगेको थियो । अवरुद्ध सडकलाई अस्थायी ट्र्याक निर्माण गरी सवारी साधन सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जीनियर गोविन्द डुमरीले जानकारी दिए ।
यद्यपि लिपिङ पुलको अवरुद्ध सडक खुलाउन भने अझै समय लाग्ने भएको छ । असार २ गतेको अविरल वर्षाले सीमापुल नजिक पर्ने लिपिङपुल छेउको करिब १५ मिटर सडक भास्सिएकाले त्यहाँ आजैदेखि काम शुरु गरी १० दिनभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य रहेको इञ्जीनियर डुमरीले बताए ।
उक्त पुललाई तलबाट भोटेकोशी र माथिबाट ठाडो खोलाले कटान गरेकाले तत्काल रोकथाम नगरे ठूलो समस्या उत्पन्न हुने सम्भावना देखिएको छ । कोदारीबाट एक किलोमिटर माथि रहेको सो ठाउँमा अब निर्माण सामग्री र मेसिनरी साधन लान सहज भएको हुँदा तीव्रताका साथ कामलाई अघि बढाइने सडक डिभिजन कार्यालयले जनाएको छ । दुई ठाउँको सडक अवरुद्धले चीनबाट आयात भएका सामान लामो समयदेखि बाटोमै रोकिएको हुँदा राजश्वमा समेत असर परेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: