Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

‘विन्डोज टेन’ आज लञ्च हुँदै, सबै सुविधा वर्षभरिको लागि नि:शुल्क

\"Windowsसेन फ्रान्सिस्को । माइक्रोसफ्टको कम्प्युटर अपेटिङ सिस्टम (ओएस) विन्डोजको नयाँ भर्सन विन्डोज टेन आज बजारमा आउँदैछ । लामो समयदेखि कम्प्युटरको दुनियाँमा दबदबा बनाइराख्ने माइक्रोसफ्ट अपरेटिङ सिस्टम यस्तो समयमा ल्याइएको छ जतिबेला उपभोक्ताहरुको परिवर्तित इच्छा र चाहनाहरुको चुनौती उसको अगाडि मुख बाएर उभिएको छ । उपभोक्ता पर्सनल कम्प्युटरबाट टाढिएर तीव्र रुपमा ल्यापटप, ट्याब्लेट र स्मार्टफोनमा ढल्किरहेका छन् । यहि कारण विन्डोज टेनका लागि ग्राहकले विन्डोज टेनको त्यति धेरै प्रयोग नगर्ने देखिएको छ जस्तो २० वर्ष पहिले विन्डोज ९५ लाई मानिसहरुले यसलाई प्रयोग गरेका थिए । तर माइक्रोसफ्टले आउँदो महिनामा करोडौं उपभोक्ताले नयाँ विन्डोज संस्करणको निःशुल्क डाउनलोड गर्ने आशा राखेको छ । कम्पनीले एक कार्यक्रममा विश्व मार्केटिङ अभियानका साथै विन्डोज टेनलाई पेश गर्नेछ । कम्पनीको आशा अनुसार यसले संसारभरिको कम्प्युटर उपभोक्ताहरुको लागि निर्णायक साबित हुनेछ । कम्पनीको विन्डोज १० सबैभन्दा पहिले पीसी र ट्याबलेटको लागि हुनेछ । यद्यपी, यसलाई स्मार्टफोन, गेम कोसोल्स र होलोग्राफिक हेडसेटको लागि पनि तयार गरिएको छ । यसको नयाँ विशेषतामा वेब ब्राउजर एज र अनलाइन असिस्टेन्ट कोरटानाको डेस्कटप संस्करया पनि संलग्न छ । माइक्रोसफ्टका अनुसार विन्डोज ७ प्रयोगकर्ताहरुका लागि उनीहररुको यो नयाँ संस्करण चिरपरिचित जस्तो हुनेछ । यद्यपी कम्पनीले सन् २०१२ मा लञ्च गरेको आफ्नो विन्डोज ८ को अनुभवलाई पछि छोड्न चाहेको बताएको छ । स्मरण रहोस् विन्डोज ८  ले अपेक्षा गरेजति सफलता हासिल गर्न सकेको थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies